गठ्ठाघर प्रदर्शनमा एसपीसहित ३ जना घाइतेबिहीबार, साउन ३१, २०८१

उड्डयन प्राधिकरणलाई टुक्य्राउने विधेयकको मस्यौदा तयार बिहीबार, साउन ३१, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सिंहदरबारमा भएको वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनसम्बन्धी छलफलमा मन्त्रालयकातर्फबाट प्रस्तुती दिँदै उनले क्यान विभाजनसम्बन्धी विधेयक आर्थ मन्त्रालयमा सहमतिका लागि पठाएको जानकारी दिए।

पेट्रोलियम पदार्थको मूल्य घट्यो बिहीबार, साउन ३१, २०८१ इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य घटाएको हो ।

गठ्ठाघरमा प्रहरीले हान्यो अश्रुग्यास बिहीबार, साउन ३१, २०८१ बिहीबार दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो। त्यसपछि स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका हुन्।

डेङ्गु नियन्त्रण गर्न स्वास्थ्यमन्त्री पौडेलले गरे स्थानीय तहका जनप्रतिनिसँग छलफल बिहीबार, साउन ३१, २०८१ काठमाडौं, भक्तपुर र ललितपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै महामारीको रूप लिनसक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न मन्त्री पौडेलले स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गरेका हुन्।

ट्रकले स्कुटरलाई ठक्कर दिएपछि भक्तपुरको गठ्ठाघरमा तनाव बिहीबार, साउन ३१, २०८१ बिहीबार दिउँसो सवा २ बजेतिर कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।

रास्वपा सांसदद्वारा सङ्घीय सदनमा ध्यानाकर्षण प्रस्ताव दर्ता बिहीबार, साउन ३१, २०८१ प्रस्तावक तोसिमा कार्की रहेको सो प्रस्तावमा स्पष्टीकरण माग्नेहरूमा सोभिता गौतम मनिषा र डाक्टर चन्दा कार्की रहेका छन्।

सिन्धुलीमा जीप दुर्घटना, २ जनाको मृत्यु बिहीबार, साउन ३१, २०८१ गोलन्जोर गाउँपालिकाको–६ को हैबार नाकाझोलीबाट सदरमुकाम आउँदै गरेको तरकारी तथा खाद्यान्न ओसार पसार गर्ने डबल क्याव बा २० च ८२८३ नम्बरको जीप दुर्घटनामा परि पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन बिहीबार, साउन ३१, २०८१ न्यायाधीश समाज नेपालका कार्यालय सचिव राजु श्रेष्ठका अनुसार न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो। पर्वत स्थायी घर भएका न्यायाधीश रेग्मी ६१ वर्षका थिए। उनको अहिले केहीबेरमा पशुपति आर्यघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ। न्यायाधीश श्रेष्ठका श्रीमती र छोरी छन्।

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालक र पैदलयात्रीको मृत्यु बिहीबार, साउन ३१, २०८१ मेचीनगर नगरपालिका–१३ कालीझोडास्थित पूर्वपश्चिम राजमार्गमा मे६प ८३२० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा पैदलयात्री र चालकको मृत्यु भएको हो।

भीरबाट लडेर डोटीमा १७ वर्षीया किशोरीको मृत्यु बिहीबार, साउन ३१, २०८१ दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी-१७ वर्षीया साउदको मालेपडको जङ्गलमा घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार मृत्यु भएको हो।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, साउन ३१, २०८१ सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ अक्करे भीरमा अविरलसँगैको पहिरो, ढुङ्गा र माटोसहितको लेदोका कारण सडक अवरुद्ध भएको हो।

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी बिहीबार, साउन ३१, २०८१ आर्थिक वर्ष २०८०–८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन्। गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार सात सय रुपैयाँ राज्यकोषमा दाखिला भएको छ।