News Griha :: न्यूजगृह
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
फाइल तस्बिर।

सिन्धुली— पहिरोले मध्ये पहाडी लोकमार्ग अवरुद्ध भएको छ। पहिरोले अन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मि खण्ड अवरुद्ध भएको छ। 

सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ अक्करे भीरमा अविरलसँगैको पहिरो, ढुङ्गा र माटोसहितको लेदोका कारण सडक अवरुद्ध भएको हो।

बिहीबार बिहान पौने ६ बजेदेखि दुवैतर्फको सडक अवरुद्ध भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए। अवरुद्ध सडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी उक्त स्थानमा पुगिसकेको काफ्लेले जानकारी दिए।

सडक  अवरुद्ध हुँदा पहाडी जिल्लाहरू खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुबाट राजधानी काठमाडौं हिँडेका सवारिसाधन र राजधानीबाट ती जिल्लामा आएका सवारिसाधन बीच बाटोमै अलपत्र परेका छन्।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०८:५९
Weather Update