झापामा मोटरसाइकल दुर्घटना हुँदा चालक र पैदलयात्रीको मृत्यु

झापा— झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मेचीनगर नगरपालिका–१३ कालीझोडास्थित पूर्वपश्चिम राजमार्गमा मे६प ८३२० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा पैदलयात्री र चालकको मृत्यु भएको हो।
मृतक पैदलयात्रीको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार मेचीनगर ९ का २९ वर्षीय मन्दिप मेचे र २५ वर्षीय सागर मेचे घाइते भएका थिए।
घाइतेमध्ये सागर मेचे र पैदलयात्री युवकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो।
अर्का घाइते मन्दिप मेचेको बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१ ०९:३६