विद्युत प्राधिकरणले ज्यालादारी कर्मचारीलाई पनि दसैँ भत्ता दिनेशनिबार, भदौ १, २०८१

जीपी कोइराला श्वासप्रश्वास केन्द्र हजार शय्याको बन्ने शनिबार, भदौ १, २०८१ भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रुपमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

हिमताल फुटेर थामेमा बाढी आएको पुष्टि, अझै दुई वटा ताल फुट्न सक्ने शनिबार, भदौ १, २०८१ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको पुष्टि भएको छ।

बाढीपछि नाम्चेभन्दा माथिको आवतजावत ठप्प शनिबार, भदौ १, २०८१ बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवतजावत ठप्प भएको छ। शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवतजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ।

ठगीः तीनवटा सहकारीका सञ्चालकको बयान आज शनिबार, भदौ १, २०८१ सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले शनिबार तीनवटा सहकारी संस्थाका सञ्चालकसँग बयान लिने भएको छ।

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा शनिबार, भदौ १, २०८१ सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ।

थामेमा अप्रत्याशित बाढीपहिरो: २० घर र विद्यालय पुरिए, १३५ विस्थापित शनिबार, भदौ १, २०८१ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो बाढीले २० घर, थामे आधारभूत विद्यालय र एउटा क्लिनिकको भवन बगाएको छ। थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएका छन्।

थामेमा भीषण बाढीपछि प्रधानमन्त्रीको चासो, गरे सोलुखुम्बुका सीडीओलाई फोन शुक्रबार, साउन ३२, २०८१ उनले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डेलाई टेलिफोन गरेर घटनाबारे जानकारी दिएका हुन्। बस्तीको बीचबाट खोला पस्दा १२ वटा घर, एक स्कुल र स्वास्थ्य चौकीमा क्षति भएको जानकारी गराइन्।

ललितपुरका ४१ सहित ५५ जनामा हैजा सङ्क्रमण, ७४ जिल्लामा फैलियो डेङ्गु शुक्रबार, साउन ३२, २०८१ नेपालमा हैजा सङ्क्रमितको सङ्ख्या ५५ पुगेको छ। आज ललितपुरका २ जनामा हैजा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित सङ्ख्या ५५ जना पुगेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

बागमती प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा शुक्रबार, साउन ३२, २०८१ आजको मन्त्रिपरिषद् बैठकले गाईजात्रा पर्वका अवसरमा आगामी मङ्गलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

हिमताल विस्फोट भएर थामेमा बाढी आएको हुनसक्छः मौसम विभाग शुक्रबार, साउन ३२, २०८१ विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको छ।

थामे बाढी अपडेटः एक जना बेपत्ता, १२ घरमा क्षति शुक्रबार, साउन ३२, २०८१ थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा १२ घरसहित स्कुल र क्लिनिकमा क्षति पुगेको छ। बाढीमा एक स्थानीय बेपत्ता भएका छन्।

सोलुखुम्बुमा बाढीमा फसेका ७ जनाको उद्धार शुक्रबार, साउन ३२, २०८१ सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ।