News Griha :: न्यूजगृह
बागमती प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा

काठमाडौं — बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आजको मन्त्रिपरिषद् बैठकले गाईजात्रा पर्वका अवसरमा आगामी मङ्गलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ।

साथै मन्त्रालयगत रुपमा आएको अस्थायी दरबन्दी स्वीकृत गर्ने समेत बैठकले निर्णय गरिएको उनले बताए।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  २१:३०
Weather Update