News Griha :: न्यूजगृह
कर्णालीमा आइतबार बिहानदेखि विद्युत् अवरुद्ध
कर्णालीमा आइतबार बिहानदेखि विद्युत् अवरुद्ध आइतबार बिहानदेखि कर्णालीमा अवरुद्ध भएको विद्युत् सेवा आजसम्म पनि नियमित हुन सकेको छैन। कोहलपुर–सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णाली विद्युत्विहीन बनेको हो। 
मंकीपक्स सङ्क्रमणको जोखिममा नेपाल
मंकीपक्स सङ्क्रमणको जोखिममा नेपाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ। मंकीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा द्रुत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
पहिरोले टहरो पुरिँदा जाजरकोटमा एकै परिवारका तीन जनाको मृत्यु
पहिरोले टहरो पुरिँदा जाजरकोटमा एकै परिवारका तीन जनाको मृत्यु जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर २ माझगाउँमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। गएराति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।
ललितपुरको बंगलामुखी नजिकै आगलागी
ललितपुरको बंगलामुखी नजिकै आगलागी ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार आगलागी भएका बेला घरमा कोही थिएनन्। आज जात्राको दिन भएकाले भुइँतलामा जेरी, स्वारी पकाउने काम भइरहेको थियो।
गोसाइँकुण्डमा भक्तजनको घुइँचो
गोसाइँकुण्डमा भक्तजनको घुइँचो समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ। आज बिहान सबेरैदेखि कुण्डमा स्नानको एवं पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।
थामे बाढीमा बेपत्ता भएको भनिएका व्यक्ति घरमै सकुशल भेटिए
थामे बाढीमा बेपत्ता भएको भनिएका व्यक्ति घरमै सकुशल भेटिए सोलुखुम्बुको थामेमा बाढी आउँदा बेपत्ता भएका भनिएका व्यक्ति आफ्नै घरमा सकुशल फेला परेको जानकारी स्थानीयले प्रहरीलाई गराएका छन्।
नगरकोटको जंगलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार
नगरकोटको जंगलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा बाटो भुलेर जङ्गलतर्फ लागेपछि हराएका भारतीय पर्यटक नीतिन तिवारी, रश्मी तिवारी, तनिस तिवारी र नेपाली गाइड हरिप्रसाद खरेलको १२ घण्टापछि सकुशल उद्धार गरिएको चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले जानकारी दिए।
शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बाढीपहिरो लगायतका विपद्‌मा परी १८२ जनाको मृत्यु
बाढीपहिरो लगायतका विपद्‌मा परी १८२ जनाको मृत्यु अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी आइतबार दिउँसोसम्म १ सय ८२ जनाको मृत्यु भएको छ।
पर्यटन पदमार्ग गोसाइँकुण्ड जाने तीर्थालुले भरिभराउ
पर्यटन पदमार्ग गोसाइँकुण्ड जाने तीर्थालुले भरिभराउ यही भदौ ३ गते जनैपूर्णिमाका दिन रसुवाको गोसाइँकुण्ड स्नान गर्न नुवाकोटतर्फको पदमार्ग हुँदै जाने तीर्थयात्रीको सङ्ख्या वृद्धि भएको छ।
अब पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
अब पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्तर्गत ‘एमबीबीएस’ अध्ययन सुरु गर्न बाटो खुलेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा केन्द्रीय कारागार सुन्धारा चलान
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा केन्द्रीय कारागार सुन्धारा चलान नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन्।
Weather Update