News Griha :: न्यूजगृह
ललितपुरको बंगलामुखी नजिकै आगलागी

काठमाडौं— ललितपुरको बंगलामुखी मन्दिर नजिकै सोमबार बिहान आगलागी भएको छ।

आगलागी केहीबेरमै नियन्त्रणमा लिइएको थियो।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार आगलागी भएका बेला घरमा कोही थिएनन्। आज जात्राको दिन भएकाले भुइँतलामा जेरी, स्वारी पकाउने काम भइरहेको थियो।

त्यहीबेला ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०९:४६
Weather Update