News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि थुनामा
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि थुनामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। केसीको इजलासमा झाविरुद्धको मुद्दाको थुनछेक बहस भएको थियो।
सहकारीको बचत अपचलन : रास्वपा सहमहामन्त्री आचार्यसँग संसदीय समितिले लियो बयान
सहकारीको बचत अपचलन : रास्वपा सहमहामन्त्री आचार्यसँग संसदीय समितिले लियो बयान आइतबार समितिले सिंहदरबारस्थित आफ्नै सचिवालयमा आचार्यसँग बयान लिएको हो।  आचार्य गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गरेका थिए।गितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा खुलेको सहकारीबाट बचतकर्ताको रकम अपचलनमा रास्वपा सभापति लामिछाने मात्र होइनन् पार्टीका सहमहामन्त्री आचार्य पनि जोडिएका छन्।
सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ
सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ बराइलीले बोकेको झोलाबाट हरियो पोतेमा जडित सुनका १८ थान माला, ३० थान रातो पोतेमा जडित माला, ५ थान सेतो मोती जडित माला, ६ थान खुला चन्द्रमा, पोतेमा जडित चक्र थान चक्र, पोतेमा जडित मङ्गलसुत्र एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी मुक्ति सापकोटाले जानकारी दिए।
बागमतीमा बेपत्ता बंगलादेशी नागरिकको खोजी जारी
बागमतीमा बेपत्ता बंगलादेशी नागरिकको खोजी जारी काठमाडौंको सुन्दरीजलमा तस्बिर खिच्ने क्रममा बागमती नदीमा एक बंगलादेशी नागरिक बेपत्ता भएका छन्।
अर्थ मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका  सहसचिवहरुको जिम्मेवारी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ। 
महोत्तरीमा कुटपिट गरी श्रीमतीको हत्या
महोत्तरीमा कुटपिट गरी श्रीमतीको हत्या स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताए। 
रोल्पामा चर्चको टहरामा पहिरो खस्दा एक जनाको मृत्यु, २ घाइते
रोल्पामा चर्चको टहरामा पहिरो खस्दा एक जनाको मृत्यु, २ घाइते रोल्पा नगरपालिका–२ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आज बिहान साढे चार बजेतिर पहिरो खस्दा रोल्पा नगरपालिका–१० घर भई सोही चर्चमा बस्दै आएकी धनजिता बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी भरत लामाले जानकारी दिए।
हावाहुरीका कारण झापामा ठूलो क्षति
हावाहुरीका कारण झापामा ठूलो क्षति गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हावाहुरीका कारण जताततै बिजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरु समेत ढलेको प्रहरीले जनाएको छ। 
छिन्चु–जाजरकोट सडक अवरुद्ध
छिन्चु–जाजरकोट सडक अवरुद्ध शुक्रबार बेलुकी परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जाजरकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ  करिडोरअन्तर्गतको भेरी नगरपालिका–१३ कुदुबाट वडा नं ४ को खहरेखोला भीर र छेडागाड नगरपालिका–१२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो। 
सहकारी ठगीबारे सोधपुछ अन्तिमतिर, समिति प्रतिवेदन लेखनमा केन्द्रित 
सहकारी ठगीबारे सोधपुछ अन्तिमतिर, समिति प्रतिवेदन लेखनमा केन्द्रित  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुन लागेको छ।शनिबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सभापति सूर्य थापाले यस्तो बताएका हुन्।
थामे क्षेत्रमा बाढीको जोखिम कायमै, विज्ञ भन्छन्– सगरमाथा क्षेत्रका अन्य हिमताल पनि फुटने सम्भावना छ
थामे क्षेत्रमा बाढीको जोखिम कायमै, विज्ञ भन्छन्– सगरमाथा क्षेत्रका अन्य हिमताल पनि फुटने सम्भावना छ सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताएकी छन्। शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्दै उनले सो क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताइन्।
उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नु सरह होः ऊर्जामन्त्री     
उद्योगको लाइन काट्नु भनेको घाँटी काट्नु सरह होः ऊर्जामन्त्री      शनिबार नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले ट्रङ्क तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगीहरूलाई अन्य कारबाही गर्ने व्यवस्था हुँदाहुँदै विद्युत प्राधिकरण अन्तिम निर्णयमा पुगेर लाइन काटेको आरोप लगाए।
Weather Update