News Griha :: न्यूजगृह
सहकारी ठगीबारे सोधपुछ अन्तिमतिर, समिति प्रतिवेदन लेखनमा केन्द्रित 
फाइल तस्बिर।

काठमाडौं— सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुन लागेको छ।

शनिबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सभापति सूर्य थापाले यस्तो बताएका हुन्।

उनले समिति सोधपुछको कार्य अन्तिमतिर आइपुगेको र अब प्रतिवेदन लेखनको काममा लाग्ने बताए। उनले समितिले विभिन्न मुद्दामा कारागारमा रहेका सहकारी सञ्चालकहरूसँग बयान लिने काम लगभग सकिएको बताए।

उनले आजको बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै आएका तेजविक्रम थापालाई बोलाएर सोधपुछ गरेको बताए।

उनले पछिल्लो समयमा जीबी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठ लगायत ८ वटा सहकारी संस्थासँग सम्वद्ध मधुसुदन पाठकसँग सोधपुछ गरेको पनि बताए। 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  २२:०७
Weather Update