News Griha :: न्यूजगृह
पूर्वडीआईजी खरेलले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

काठमाडौं— नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

पूर्वप्रहरी अधिकृत खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन्। 

अभियन्ता सफलले पूर्वडीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाउँदै उजुरी दिएका हुन्। 

खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी २० लाख रुपैयाँ रकम कमिसन लिएको कुरा एउटा टेलिभिजनमा अन्तर्वार्ताको क्रममा  बताएका थिए।

वास्तविक  सुराकीकर्तालाई सुराकी गरेबापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलको छ।

गत निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फवाट बारा-२ मा प्रतिनिधिसभाको उम्मेदवारसमेत थिए। पछि उनले राजिनामा दिएर हिँडेका थिए। 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १५:४९
Weather Update