सोलुखुम्बुमा बाढीमा फसेका ७ जनाको उद्धार

काठमाडौं— सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरेको हो।
‘बाँकी मानवीय क्षतिबारे विवरण आएको छैन, हामी बुझ्दैछौं,’ पाण्डेले भनिन्।
पाण्डेका अनुसार थामे गाउँमा पसेको थामेखोलाको बाढीले ३ वटा बगाएको छ भने केहीघर अति जोखिममा छन्।
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१ १६:५५