विद्युत प्राधिकरणले ज्यालादारी कर्मचारीलाई पनि दसैँ भत्ता दिने

काठमाडौं— नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीले पनि दसैँ भत्ता पाउने भएका छन्।
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेका हुन्।
प्राधिकरणमा करिब दुई हजार ८०० जना ज्यालादारी कर्मचारी छन्।
त्यसैगरी, घरभाडाबापत कर्मचारीले पाउने रकम पनि बढाइने मन्त्री खड्काले घोषणा गरेका छन्।
प्राधिकरणका कर्मचारीहरूले पाउँदै आएको घर भाडामा मासिक दुई हजार रुपैयाँ बढाइएको पनि उनले बताए।
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१ १६:२०