ललितपुरका ४१ सहित ५५ जनामा हैजा सङ्क्रमण, ७४ जिल्लामा फैलियो डेङ्गु

काठमाडौं— नेपालमा हैजा सङ्क्रमितको सङ्ख्या ५५ पुगेको छ।
आज ललितपुरका २ जनामा हैजा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित सङ्ख्या ५५ जना पुगेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
यसवर्ष ललितपुरका ४१, कैलालीका ८, काठमाडौंका चार र प्यूठानका दुई जनामा हैजा सङ्क्रमण देखिएको हो।
यसैबीच, पछिल्लो चार दिनमा थप ४१६ जना डेङ्गुका सङ्क्रमति फेला परेका छन्। यो सँगै डेङ्गु सङ्क्रमित सङ्ख्या ३ हजार ७ सय ५५ पुग्दा ७४ जिल्लामा सङ्क्रमण फैलिएको छ।
यस वर्ष दुई जना डेङ्गु सङ्क्रमितको ज्यान गइसकेको छ।
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१ २१:३५