News Griha :: न्यूजगृह
भीरबाट लडेर डोटीमा १७ वर्षीया किशोरीको मृत्यु

डोटी— डोटीमा भीरबाट लडेर रूपा साउदको मृत्यु भएको छ।

दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी-१७ वर्षीया साउदको मालेपडको जङ्गलमा घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार मृत्यु भएको हो।

भीरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते भएकी साउदको उपचारका लागि जिल्ला अस्पताल डोटी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०९:१९
Weather Update