News Griha :: न्यूजगृह
झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी
फाइल तस्बिर।

झापा— जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ। 

आर्थिक वर्ष २०८०–८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन्। गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार सात सय रुपैयाँ राज्यकोषमा दाखिला भएको छ। 

राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले १५ करोड ३० लाख ३९ हजार चार सय ४४ रुपैयाँ सङ्कलन गरेको छ। यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च तीन करोड ८६ लाख १६ हजार चार सय ५७ रुपैयाँ भएको जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ०८:४०
Weather Update