पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं— नेपाल आयल निगमनले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य घटाएको हो।
निगमका काठमाडौं उपत्यकामा अब पेट्रोल प्रति लिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५५ रुपैयाँका दरले कारोबार गर्न पाइनेछ ।
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१ २१:१३