News Griha :: न्यूजगृह
सिन्धुलीमा जीप दुर्घटना, २ जनाको मृत्यु

सिन्धुली— बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामाई नगरपालिका २ चियाबारी नजिक बिहीबार भएको जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका– ६ का पृथ्वी भुजेल र उदय मगर छन्।

गोलन्जोर गाउँपालिकाको–६ को हैबार नाकाझोलीबाट सदरमुकाम आउँदै गरेको तरकारी तथा खाद्यान्न ओसार पसार गर्ने डबल क्याव बा २० च ८२८३ नम्बरको  जीप दुर्घटनामा परि पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको छ। उनीहरूलाई काठमाडौं पठाइएको छ। अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १२:२३
Weather Update