News Griha :: न्यूजगृह
सुस्त मनस्थितिकी किशोरी बलात्कार गर्ने युवक कारागार चलान
सुस्त मनस्थितिकी किशोरी बलात्कार गर्ने युवक कारागार चलान सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन्।
किशोरीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ
किशोरीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा २२ वर्षीय सुशील सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
ट्रकमा च्यापिएर चालकको मृत्यु
ट्रकमा च्यापिएर चालकको मृत्यु पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८१८१ नंको क्लिङ्कर लोड भएको १२ चक्के ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
रवि लामिछाने मुछिएको सहकारीका कोषाध्यक्षलाई पोखराको जेलबाट ल्याएर बयान लिँदै समिति
रवि लामिछाने मुछिएको सहकारीका कोषाध्यक्षलाई पोखराको जेलबाट ल्याएर बयान लिँदै समिति सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज जेलमा रहेका दुई सहकारी सञ्चालकसँग बयान लिने भएको छ।बिहान ११ बजेका लागि बोलाइएको बैठकमा पोखरा जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँग बयान लिन लागिएको समिति सदस्य ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।
कैलालीका केही सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा
कैलालीका केही सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा  कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएको छन्।विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका हुन्। अब कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई निरन्तर मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने भएको छ। 
मोरङको बेलबारीमा हात्तीको छावा मृत फेला
मोरङको बेलबारीमा हात्तीको छावा मृत फेला मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृत भेटिएको छ। स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज बिहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए। 
दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध 
दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ।नवलपुरको दाउन्नेमा गएराति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो।
धादिङबाट हराएका तीन बालिका एक हप्तापछि बागलुङमा भेटिए
धादिङबाट हराएका तीन बालिका एक हप्तापछि बागलुङमा भेटिए रोशनी गत बुधबार बिहान विद्यालय जान्छु भनी डिँडेकी थिइन्। रोशनी बेलुका घर नफर्किएपछि परिवारले सोधीखोजी सुरु गर्यो। रोशनीका विषयमा सोधीखोजी गर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुल्यो। 
अतिक्रमित जग्गा खाली गर्न चाँदबाग स्कुललाई २ दिनको अल्टिमेटम
अतिक्रमित जग्गा खाली गर्न चाँदबाग स्कुललाई २ दिनको अल्टिमेटम काठमाडौं महानगर वडा नम्बर ३ मा रहेको सो स्कुलले १० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको महानगरले जनाएको छ।सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको महानगरले नगर प्रहरीमार्फत माइकिङ गराउँदै अतिक्रमित जग्गा दुई दिनभित्र खाली गर्न स्कुललाई निर्देशन दिएको हो।
स्कुटर दुर्घटनामा छोराको मृत्यु, आमा घाइते
स्कुटर दुर्घटनामा छोराको मृत्यु, आमा घाइते सोमबार बिहान स्कुटरमा आमासँगै मन्दिर दर्शनका लागि गएका बुटवल–१३ बेलबासका २३ वर्षीय अंकित पाठकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।
गाडीमा कोचिएरै यात्रा गर्न सर्वसाधारण बाध्य, ट्राफिक प्रहरी मूकदर्शक 
गाडीमा कोचिएरै यात्रा गर्न सर्वसाधारण बाध्य, ट्राफिक प्रहरी मूकदर्शक  सर्वसाधारण यात्रु थोत्रा गाडीमा कोचिएरै यात्रा गर्न बाध्य छन्। पर्यटकीय राजधानीसमेत रहेको पोखरामा २० वर्ष नाघेका सवारी साधन निर्वाध चलिरहेका भेटिन्छन्। यान्त्रिक अवस्था ठीक नभएका (थोत्रा) सवारी साधन सडकमा गुड्दा प्रदूषण, दुर्घटनाको जोखिम बढ्नाका साथै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ। बिहान र बेलुका कार्यालय छुट्ने समयमा पोखराको सार्वजनिक यातायात अस्तव्यस्त...
सिमलताल दुर्घटनाको महिना दिन पूरा, ४० यात्रु र २ बसको खोजी जारी
सिमलताल दुर्घटनाको महिना दिन पूरा, ४० यात्रु र २ बसको खोजी जारी पहिरोमा परेर दुईवटा बस र त्यसमा रहेका यात्रुहरू त्रिशूलीमा बगेको आज (सोमबार) महिना दिन पूरा भएको छ। नदीमा हराइरहेका दुईवटै बस र फेला नपरेका यात्रुहरूको खोजी कार्य अझै पनि जारी नै छ। त्रिशूलीमा बेपत्ता बस र त्यसका यात्रु खोज्न भारतबाट समेत प्राविधिकहरूको टोली आएको थियो। साउन १३ मा भारतीय टोली...
Weather Update