News Griha :: न्यूजगृह
धादिङबाट हराएका तीन बालिका एक हप्तापछि बागलुङमा भेटिए

धादिङ— धादिङबेसीबाट गत बुधबारदेखि सम्पर्कविहीन भएका तीनजना बालिका बाग्लुङमा भेटिएका छन्।

नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा पढ्दै गरेका रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ बाग्लुङमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

रोशनी गत बुधबार बिहान विद्यालय जान्छु भनी डिँडेकी थिइन्। रोशनी बेलुका घर नफर्किएपछि परिवारले सोधीखोजी सुरु गर्यो। रोशनीका विषयमा सोधीखोजी गर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुल्यो। 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०८:२२
Weather Update