बस र ट्रक ठोक्किँदा १० यात्रु घाइतेसोमबार, साउन २८, २०८१
-1722929861.jpg)
पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा सोमबार, साउन २८, २०८१ डिलाशैनी गाउँपालिका वडा नं ३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा १५ लाख बराबरको क्षति पुगको बताए।

‘इको’ ब्रान्डको पानीमा कीरा भेटिएपछि अनामनगरस्थित किम्ची रेष्टुरेन्टलाई दुई लाख जरिवाना सोमबार, साउन २८, २०८१ काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ।गएको शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो।

पर्यटकको रोजाइमा इलाम सोमबार, साउन २८, २०८१ छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन्।

दुर्घटनामा परी रौतहटमा प्रहरी जवानको मृत्यु सोमबार, साउन २८, २०८१ चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा २६ वर्षीय प्रहरी जवान नविनकुमार यादवको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन्।

खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’ भरिभराउ सोमबार, साउन २८, २०८१ कोभिड १९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनरको चाङ देखिएको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बन्दगाहको भन्सार यार्डमा एक हजार पाँच सय ७६ खाली कन्टेनर हुँदा ठाउँ व्यवस्थापनमा समस्या भएको जानकारी दिए।

हवाई सुरक्षाबारे पर्यटनमन्त्रीले गरे रक्षामन्त्री र नेपाली सेनासँग छलफल आइतबार, साउन २७, २०८१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारका विषयमा रक्षामन्त्री मानवीर राई, कामु प्रधान सेनापति अशोक सिग्देलसँग छलफल गरेका छन्।
-1717484655.jpg)
अझै तीन दिनसम्म वर्षा जारी रहने आइतबार, साउन २७, २०८१ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाको भनाइ छ।

तारा गाउँविकास समितिको समस्या समाधानको कार्ययोजना पेस गर्न निर्देशन आइतबार, साउन २७, २०८१ समितिले आज तारा गाउँविकास समिति र तारागाउँ रिजेन्सी होटल लिमिटेडका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र तारागाउँ विकास समितिसँग छलफलपछि उक्त समितिका नाममा रहेको चलअचल सम्पत्तिको विवरण तथा सम्पत्तिको सञ्चालन तथा सदुपयोग हुनेगरि कार्ययोजना बनाई समितिमा पेस गर्न निर्देशन दिइएको हो।

मोरङको सुन्दरहरैँचामा श्रीमानले गरे श्रीमतीको हत्या आइतबार, साउन २७, २०८१ अंश विवादमा मोरङको सुन्दरहरैँचामा एक महिलाको हत्या भएको छ। प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या भएको हो।

ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्यु आइतबार, साउन २७, २०८१ ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ।सल्यानस्थित प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र विकको मृत्यु भएको हो।

पूर्वमन्त्री र कलाकारसहित ११ जना हाईप्रोफाइल जुवाडे पक्राउ आइतबार, साउन २७, २०८१ नेकपा एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना हाईप्रोफाइल जुवाडे पक्राउ परेका छन्।गौरीघाटबाट कोशी प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धिकुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो।

बाँकेमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड आइतबार, साउन २७, २०८१ पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र बनाउनेहरूमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका नागरिक बढी रहेका जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र रजिष्ट्रेसन शाखाले जनाएको छ।