बेनी-दरबाङ सडक अवरुद्धशनिबार, साउन २६, २०८१

सरकारले जबर्जस्ती करणी मुद्दा सबन्धी कानुन संसोधन गर्ने शुक्रबार, साउन २५, २०८१ मुख्यतयाः बलात्कार मुद्दामा किशोरहरू बालसुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था आएपछि सरकारले कानुन परिवर्तन गर्ने भएको छ। १८ वर्ष नपुगी सहमतिमा भएका यौन सबन्ध पनि बलात्कारमा ठहरिने कानुनका कारण हजारौं किशोर सुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था देखिए पछि सरकारले कानुन परिवर्तन गर्न लागेको हो।

कुलमानको दाबीः ३ वर्षअघि ५८* प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुग्यो शुक्रबार, साउन २५, २०८१ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्षअघि करिब ८९ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुगेको दाबी गरेका छन्।

रौतहटको ईशनाथस्थित हनुमान मन्दिरमा सीडीओसहित ५ सय सुरक्षाकर्मी परिचालन शुक्रबार, साउन २५, २०८१ रौतहटको ईशनाथ नगरपालिकास्थित हिन्दु समुदायले मनाउने झण्डीमा सुरक्षार्थ ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। ईशनाथ-७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात झण्डी निकाल्ने क्रममा हिन्दु मुस्लिमबीच साम्प्रदायिक सद्भाव नबिग्रियोस् भनेर विशेष सजगता अपनाइएको हो।

सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन शुक्रबार, साउन २५, २०८१ स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई लाइन नबसी सहज रूपमा उपचारको व्यवस्था गर्न आग्रह गरेका हुन्।

सडक भासिएको ठाउँ टुकुचा खोला, महानगर भन्छ- पुल बनाउनुको विकल्प छैन शुक्रबार, साउन २५, २०८१ हिजो राति काठमाडौं महानगरपालिका कार्यालय नजिकै भासिएको सडक टुकुचा खोला रहेको फेला परेको छ। दरबारमार्गमा रहेको महेन्द्र सालिक काठमाडौं प्लाजा जोड्ने सडक भासिएको थियो।सडकमा ठूलो भ्वाङ परेपछि सवारिसाधन आवागमन बन्द गरिएको छ। महानगरपालिका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले उक्त भासिएको सडक टुकुचा खोला रहेको देखिएको जानकारी दिए।

दरबारमार्गको भ्वाङ परेको सडकमा खसेर इन्स्पेक्टर घाइते शुक्रबार, साउन २५, २०८१ काठमाडौं टुकुचा छोपेर बनाइएको दरबारमार्ग-काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङ परेको छ। त्यो भ्वाङमा खसेर एक प्रहरी इन्स्पेक्टर घाइते भएका छन्।

काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो शुक्रबार, साउन २५, २०८१ यो सडकले दरबारमार्गलाई जोड्छ। टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ।

सुर्खेत उड्नै लागेको श्री एअरलाइन्सको जहाज जब धावनमार्गबाट फर्कियो... शुक्रबार, साउन २५, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एअरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ। उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो।

नेपाल प्रहरीका इन्स्पेक्टर ‘सम्पर्कविहीन’, गृह मन्त्रालयले निकाल्यो सूचना शुक्रबार, साउन २५, २०८१ नेपाल प्रहरीका प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा प्रीति मिश्र मातहतको निकायबाट सम्पर्कविहीन भएपछि गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेको छ।

सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प, पूर्वी नेपालसम्म धक्का महसुस शुक्रबार, साउन २५, २०८१ शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ।

रुसमा युद्धका क्रममा मृत्यु भएका पाँच नेपालीको अस्तु परिवारलाई हस्तान्तरण बिहीबार, साउन २४, २०८१ रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ। युद्धमा मृत्यु भएका देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश श्रेष्ठको परिवारका सदस्यबाट सहमति लिई उतै दाहसंस्कार गरी अस्तुधातु नेपाल ल्याएर परिवारलाई आज हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको...

विद्युत् प्राधिकरणका सञ्चालक आचार्य र पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश बिहीबार, साउन २४, २०८१ आचार्य र पुनले दायर गरेको रिट निवेदनमा सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सरकारका नाममा कारण देखाउ आदेशसँगै अन्तरिम आदेश जारी गरेको हो। बिहीबार भएको सुनुवाइमा न्यायाधीश पोखरेलले मन्त्री खड्काको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै आचार्य र पुन सञ्चालक पदमा काम गर्न फर्किनेछन्।