News Griha :: न्यूजगृह
सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प, पूर्वी नेपालसम्म धक्का महसुस

काठमाडौं— भारतको सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ।

बिहान स्थानीय समयअनुसार ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको गहिराइ १० किलोमिटर रहेको केन्द्रले जनाएको छ।

भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बङ्गालका केही जिल्ला र नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०८:५६
Weather Update