भारतस्थित नेपाली राजदूतले हिन्दु धर्मको पक्षमा वकालत गरे : सांसद पन्तबिहीबार, जेठ ३२, २०८०

मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त बिहीबार, जेठ ३२, २०८० बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ शुक्रबारलाई सर्यो बिहीबार, जेठ ३२, २०८० आजै संसद् बैठक भएकाले कार्कीको सुनुवाइको कार्यक्रम शुक्रबारका लागि सारिएको समितिका सभापति ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए । शुक्रबारको बैठकमा सांसदहरूले प्रश्न सोध्ने र प्रधानन्यायाधीशमा सिफारिस कार्कीले जवाफ दिने कार्यसूची रहेको जबराले बताए ।

बागमती प्रदेशसभाको बैठक बस्दै बिहीबार, जेठ ३२, २०८० बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०/८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्नेछन् । उक्त बैठकमा सो सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भइ धारणा राख्ने प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बिहीबार, जेठ ३२, २०८० संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहीबार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

कोशी प्रदेशको अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने बुधबार, जेठ ३१, २०८० नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १ गते अध्यादेशबाट बजेट ल्याउनेछन् ।
कोशी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत बुधबार, जेठ ३१, २०८० वार्षिक नीति तथा कार्यक्रममा सामाजिक न्याय सहितको समृद्ध कोशी प्रदेश निर्माणको अवधारणा कार्यान्वयन गर्ने, प्रदेशका जनताको शान्ति, समृद्धि र विकासको चाहना सम्बोधन गर्न आवश्यक योजनागत प्रबन्ध गरिने, तोकिएको कार्य सम्पन्न गर्न र लक्षित उद्देश्य प्राप्त गर्न योजनागत, नीतिगत र कार्यगत व्यवस्थालाई प्रभावकारी बनाइने दाबी गरिएको छ ।

नेपालको हरेक हस्ताक्षर घुस खुवाउने र खाने मौका हो : स्वर्णिम वाग्ले बुधबार, जेठ ३१, २०८० बुधबार आयोजित बिजनेस सम्मेलनमा उनले ५० वर्षमा देशमा धेरै गलत प्रवृत्ति हावी भएको दाबी गरे । ‘नेपालमा प्रत्येक हस्ताक्षर घुस खुवाउने, खाने मौका हो । हामी सरकारमा आयौ भने सबै प्रक्रिया समयलाई डिजिटलाइज गदिर्नेछौं । हाम्रो यो ५० वर्षदेखिको विरासतलाई हामीले परिवर्तन गर्नुपर्छ,’ वाग्लेले भने ।

बजेट संसोधन होला ? बुधबार, जेठ ३१, २०८० संसद्मा बजेट संशोधनसहित पारित गर्नुपर्ने आवाज उठिरहेको अवस्थामा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले बजेट संशोधनसहित पारित गर्नु नै उपयुक्त हुने धारणा राखेका हुन् । यद्यपि बजेट संशोधन गर्ने कुरामा सत्तारुढ दलहरूको स्वार्थ बाझिएको हुनसक्ने पनि प्रतिपक्षी दलहरूले आशंका गरेका छन् ।

सुशासन कायम गर्न र भ्रष्टाचार हुन नदिन केन्द्रित छु : प्रधानमन्त्री प्रचण्ड बुधबार, जेठ ३१, २०८० कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाहाल बन्धुको उद्गमस्थल दुल्लुको दहमा बुधबार आयोजित कार्यक्रममा उनले सुशासन कायम गर्न र भ्रष्टाचार हुन नदिन आफ्नो ध्यान केन्द्रित भएको बताए ।

पूर्वाधार विकास समितिका आन्तरिक कार्यविधि पारित, विषयगत छलफल अघि बढ्ने बुधबार, जेठ ३१, २०८० प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।

वैदेशिक रोजगार क्षेत्रका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन बुधबार, जेठ ३१, २०८० उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि उपसमिति गठन गरेको छ ।

प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका उजुरीकर्तासँग छलफल बुधबार, जेठ ३१, २०८० संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल सुरु भएको छ । समितिको बुधबारको बैठकमा प्रधानन्यायाधीशविरुद्ध २९ जनाले उजुरी दिएकामा २३ उजुरीकर्ता सहभागी भएका छन् ।









