News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं— संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहीबार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । 

बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ । संसद् सचिवालयको भनाइमा मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

sansad1686788475.jpg

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०६:०४
Weather Update