News Griha :: न्यूजगृह
कांग्रेस सभापति देउवाद्वारा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान
कांग्रेस सभापति देउवाद्वारा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेण्डाबारे छलफल गर्न देउवाले आफ्नै निवासमा भोलि सोमबार दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेको एक पदाधिकारीले जानकारी दिए ।
प्रतिनिधि सभामा रास्वपाको विरोध, बैठक स्थगित
प्रतिनिधि सभामा रास्वपाको विरोध, बैठक स्थगित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । रास्वपाका सांसदहरुले नेपाल ऐनको विरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको हो ।
सांसद प्रभु साहको प्रश्न— अरुमाथि प्रश्न उठाउने वकिललाई कानुन लाग्छ कि लाग्दैन?  
सांसद प्रभु साहको प्रश्न— अरुमाथि प्रश्न उठाउने वकिललाई कानुन लाग्छ कि लाग्दैन?   कानुन व्यवसायीले मनपरी पैसा असुल्ने गरेको उनको आरोप छ । ‘वकिलहरूले मनपरी फि लिने गरेका छन् । पाँच लाख/दश लाखसम्म लिन्छन् । गरिबले वकिल राख्नै नसक्ने स्थिति पैदा भएको छ । अरुलाई कानुन सिकाउने, न्यायको पैरवी बहस गर्ने, अरुमाथि प्रश्न उठाउने वकिलहरूलाई कानुन लाग्छ कि लाग्दैन ?’ उनको प्रश्न छ...
नियामक निकायको लापरवाहीका कारण नेपालमा हवाई दुर्घटना बढ्यो : रास्वपा सांसद गौतम
नियामक निकायको लापरवाहीका कारण नेपालमा हवाई दुर्घटना बढ्यो : रास्वपा सांसद गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपालको हवाई सुरक्षामा नियमनकारी संस्थाको लापरवाही देखिएको भन्दै आक्रोश पोखेकी छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले विश्वमै सुरक्षित मानिने हवाई क्षेत्र नेपालमा निरन्तर ओरालो लागेकोप्रति असन्तुष्टि जनाइन् ।
एमालेप्रति मन्त्री ज्वालाको कटाक्ष : धुपबत्ती बाल्दैमा गठबन्धन ढल्दैन
एमालेप्रति मन्त्री ज्वालाको कटाक्ष : धुपबत्ती बाल्दैमा गठबन्धन ढल्दैन आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीसँग नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढालोस् भनेर धुपबत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गरेका हुन् ।
गगन थापालाई किन चाहियो सुझाव ? 
गगन थापालाई किन चाहियो सुझाव ?  बैठकमा राजनीतिक परिस्थिति, पार्टीको साङ्गठनिक गतिविधि सहितका विषयमा छलफल हुने भन्दै महामन्त्री थापाले आफ्ना विचार र सुझाव इमेल गर्न आह्वान गरेका हुन् ।
आज बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची के छ ? 
आज बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची के छ ?  बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक–२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने, उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सोमबारसम्मका लागि स्थगित
एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सोमबारसम्मका लागि स्थगित पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफलको क्रम जारी रहेकाले बैठक सोमबार बिहान पुनः बस्ने गरी स्थगित गरिएको उपमहासचिव डा विजय पौडेलले जानकारी दिए ।
मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित हुन नदिने षड्यन्त्र भइरहेको छ : मन्त्री गुरुङ
मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित हुन नदिने षड्यन्त्र भइरहेको छ : मन्त्री गुरुङ काठमाडौंमा शनिबार भएको कांग्रेसनिकट तमु संघ बागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै मन्त्री गुरुङले  मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक रोक्न विभिन्न षड्यन्त्रहरू भइरहेको बताए । तर उनले सरकारलाई रोक्न नसक्ने भन्दै तीन दिन भित्र विधेयक संसद्बाट पारित गर्ने दावी गरे ।
पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको छ  : सभापति देउवा
पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको छ  : सभापति देउवा तमु (गुरुङ) संघ नेपाल बागमती प्रदेश भेलाको उद्घाटन गर्दै उनले कांग्रेसलाई एकताबद्ध र सुदृढ तुल्याउन सबै जातजाति र समुदायको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरे।
रास्वपा रूपन्देहीमा विवाद देखियो, विधानको कुरा उठाउनेमाथि कुटपिट 
रास्वपा रूपन्देहीमा विवाद देखियो, विधानको कुरा उठाउनेमाथि कुटपिट  रास्वपा र्‍यापिड एक्सन टिम सैनामैना नगर संयोजक दामोदर खत्रीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी विधान अनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्दा प्रदेश उपसभापति शालिकराम घिमिरे, रूपन्देही संयोजक प्रकाश ज्ञवाली र रूपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारी लगायतले पार्टी कार्यालयमा बोलाई आफूलाई कुटपिट गरेको आरोप लगाएका छन् ।
Weather Update