News Griha :: न्यूजगृह
कांग्रेस प्रचार विभागमा थपिए तीन सदस्य

काठमाडौं— नेपाली कांग्रेसले सूचना, सञ्चार तथा प्रचार विभागमा तीन जना सदस्य थप गरेको छ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको विभागमा आइतबार तीन जना सदस्य थप गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

लमजुङका सन्तोष न्यौपाने, कञ्चनपुरका अशोक शर्मा र रौतहटका सुमन गौतम प्रचार विभाग सदस्य भएका हुन् ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १७:५२
Weather Update