News Griha :: न्यूजगृह
कांग्रेस सभापति देउवाद्वारा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेण्डाबारे छलफल गर्न देउवाले आफ्नै निवासमा भोलि सोमबार दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेको एक पदाधिकारीले जानकारी दिए ।

देउवाले भोलि पदाधिकारीसँत छलफल गरेपछि पर्सी मंगलबार दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नेछन् ।

गत असार २७ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १७:४०
Weather Update