
काठमाडौं— नेपाली कांग्रेसका उपसभापति एवम् कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारले ल्याएको मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित हुन नदिन षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
काठमाडौंमा शनिबार भएको कांग्रेसनिकट तमु संघ बागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै मन्त्री गुरुङले मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक रोक्न विभिन्न षड्यन्त्रहरू भइरहेको बताए । तर उनले सरकारलाई रोक्न नसक्ने भन्दै तीन दिन भित्र विधेयक संसद्बाट पारित गर्ने दावी गरे ।
उनले भने,‘अहिलेको सरकारले एक पछि अर्को भ्रष्टाचारको फाइल खोल्दै जाँदा कतै सरकार नै ढल्छ भनेको सुन्छु । सरकारले मिटरब्याजीहरुलाई पनि कानूनको कठघरामा उभ्याउनलाई अध्यादेश लिएर आउँदा पनि त्यो अध्यादेशलाई आउँन नदिने षड्यन्त्र पनि भइरहेको छ । मिटरब्याजी अध्यादेशलाई ईफ बट केही पनि लाग्दैन । यो विधेयक यही संसदबाट दुईदेखि तीन दिन भित्र हामी पारित गरेर अगाडि बढ्ने छौं ।’
सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्न अहिलेको गठबन्धन सरकार प्रतिबद्ध रहेको बताए ।