अफगानिस्तान र पाकिस्तानमा चट्याङसहित भारी वर्षा, ५७ जनाको मृत्युसोमबार, वैशाख ३, २०८१

सलमान खानको घरमा गोली चलाउनेको तस्बिर सार्वजनिक, मोटरसाइकल पनि फेला पर्यो सोमबार, वैशाख ३, २०८१ सो घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए। शिन्देले मुम्बईका प्रहरी आयुक्तलाई सलमानको सुरक्षा बढाउन निर्देशन दिएका छन्। हाल अभिनेता खानको घरबाहिर सुरक्षा बढाइएको छ। गोली चलाउनेहरुको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ।

इजरायल माथि हमला गरेकोमा इरानी संसद्मा उत्सव, तत्काल थप हमला नगर्ने सोमबार, वैशाख ३, २०८१ आइतबारबाट मध्यपूर्वमा नयाँ युद्ध सुरु भएको छ। इरानले ३०० भन्दा बढी ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरे पछि नयाँ युद्ध सुरु भएको हो। यति मात्र होइन, इरानले इजरायल माथि आक्रमण गरे पछि इरानी संसद्मा पनि उत्सव मनाइएको थियो भने इरानी जनताले उत्सव मनाएको भिडियोहरू सार्वजनिक भएका छन्।

जापानमा जनावरमाथिको दुर्व्यवहारका घटना बढ्यो आइतबार, वैशाख २, २०८१ ‘पशु कल्याण र व्यवस्थापन ऐन’ उल्लङ्घन गरेको आरोपमा सन् २०२३ मा त्यहाँ १८१ मुद्दा दर्ता भएका थिए। उक्त ऐनले जनावरलाई क्रूर र अनुपयुक्त व्यवहार गर्नबाट प्रतिबन्ध लगाएको छ।सन् २०१० देखि सङ्कलन गर्न थालिएको तथ्याङ्क अनुसार यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो।

इरानले गरेका ९९ प्रतिशत मिसाइल आक्रमण इजरायलले आकाशमै पार्यो ध्वस्त आइतबार, वैशाख २, २०८१ इरानले ३०० भन्दा बढी ड्रोन आक्रमण गरेको इजरायली सेनाले जानकारी दिएको छ। गएरातिदेखि इरानले इजरायलमाथि आक्रमण शुरु गरेको थियो। यही १ अप्रिलमा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि इरानले सो को बदलास्वरूप यो आक्रमण गरेको जनाएको छ। सो आक्रमणमा दुई इरानी सेना कमान्डरसहित १३ जनाको मृत्यु भएको थियो।

बलिउड अभिनेता सलमानको घरबाहिर गोली चल्यो आइतबार, वैशाख २, २०८१ आइतबार बिहान ५ बजे तिर मोटरसाइकलमा आएका २ जनाले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउन्ड हवाई फायरिङ् गरेर फरार भएका छन्। यो घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ।

इजरायलमाथि इरानको ड्रोन आक्रमण आइतबार, वैशाख २, २०८१ १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमान्डरसहित सात जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमान्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमीलगायत थिए। त्यसको बदलामा इरानले इजरायललाई आक्रमण गर्ने धम्की दिएको थियो।

सिड्नीमा चक्कु प्रहार गरी ५ जनाको हत्या शनिबार, वैशाख १, २०८१ अष्ट्रेलियाको सिड्नीस्थित एक व्यापारिक मलमा पाँच जनाको चक्कु प्रहार गरी हत्या गरिएको छ।चक्कु प्रहार गर्ने एक आक्रमणकारीलाई शनिबार सिड्नीको समुन्द्री किनारमा प्रहरीले गोली हानी मारेको प्रहरीले जनाएको छ ।

बाइडेनले भने- इरानले इजरायलमाथि चाँडै आक्रमण गर्न सक्छ शनिबार, वैशाख १, २०८१ अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबारेमा जानकारी दिएका हुन। तर, उनले इरानले इजरायलमाथि आक्रमण गरे रक्षाका लागि उभिने जनाए। यस महिनाको सुरुमा शीर्ष कमाण्डरहरूलाई मार्ने इजरायली हवाई हमलाको इरानले बदला लिने जनाइरहेको बेला राष्ट्रपति वाइडेनले हमला हुन सक्ने जनाएका हुन्।

अमेरिकालाई उछिनेर सन् २०२८ मा नै एसियाली देश महाशक्ति बन्दै! शनिबार, वैशाख १, २०८१ विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र संयुक्त राज्य अमेरिकाको बारेमा धेरै रिपोर्टहरू आएका छन्, जसमा सन् २०५० सम्ममा अमेरिका सबैभन्दा ठूलो अर्थतन्त्र नरहने सङ्केत गरिएको छ। भारत र चीनले यसलाई उछिन्ने एउटा अध्ययनले देखाएको छ भने अर्को अध्ययन रिपोर्टका अनुसार सन् २०२८ मा चीनले अमेरिकालाई उछिनेर विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्नेछ।

पेरुमा फेला परे सबैभन्दा लामो आयु भएका व्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सव शुक्रबार, चैत ३०, २०८० पेरु सरकारले संसारकै सबैभन्दा वृद्ध व्यक्ति आफ्नो देशमा रहेको दाबी गरेको छ। यसै महिना इङ्ग्ल्याण्डका एक १११ वर्षीय पुरुषलाई विश्वको सबैभन्दा वृद्ध पुरुष घोषित गरिएको थियो तर पेरुभियन सरकारको दाबी अनुसारउनको देशमा १२४ वर्ष उमेरको जीवित व्यक्ति छन्। उनी पेरुको मात्रै नभइ, सिंगो विश्वको सबैभन्दा वृद्ध मानिस भएको उसको दाबी...

विश्वको सबैभन्दा अग्लो घण्टाघर, ६ किमि टाढैबाट सकिन्छ समय हेर्न शुक्रबार, चैत ३०, २०८० संसारभर धेरै गगनचुम्बी भवनहरू छन्। तपाईंले दुबईको बुर्ज खलिफा अवश्य देख्नु भएको छ, नभए पनि तस्बिर र भिडिओमा पक्कै पनि देख्नु भएको छ। र, तपाईले अमेरिकाको एम्पायर स्टेट बिल्डिङ, बेलायतको बिग बेन देख्नु भएको होला तर अब साउदी अरब बन्न लागेको विश्वको सबैभन्दा अग्लो क्लक टावर पनि देख्नु हुनेछ।

सूर्य ग्रहणका दिन अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली! शुक्रबार, चैत ३०, २०८० अमेरिकी समुदायमा ग्रहणको बारेमा धेरै विश्वास र अन्धविश्वासहरू कायमै छन्। ग्रहणहरू लामो समयदेखि संसारको अन्त्यको भविष्यवाणीहरूसँग सम्बन्धित छन्। यद्यपि, वैज्ञानिकले भने यी दाबीहरूको वास्तविकतामा कुनै आधार नरहेको बताइरहेका छन्। सोमबारको सूर्यग्रहण अमेरिकाबाहेक मेक्सिको र क्यानडामा पनि देखिएको थियो । यस अवधिमा दिउँसै अन्धकार छाएको थियो । ४ मिनेट २८ सेकेन्डसम्म ...