News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बाइडेनले भने- इरानले इजरायलमाथि चाँडै आक्रमण गर्न सक्छ

काठमाडौं— इरानले इजरायलमाथि हमला गर्न सक्ने अमेरिकाले जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबारेमा जानकारी दिएका हुन। तर, उनले इरानले इजरायलमाथि आक्रमण गरे रक्षाका लागि उभिने जनाए। यस महिनाको सुरुमा शीर्ष कमाण्डरहरूलाई मार्ने इजरायली हवाई हमलाको इरानले बदला लिने जनाइरहेको बेला राष्ट्रपति वाइडेनले हमला हुन सक्ने जनाएका हुन्।

Prabhu Bank

इरान हमलाको डर बढ्दै जाँदा ‘छिट्टै भन्दा छिटो’ इजरायलमा आक्रमण गर्नसक्ने उनले जनाएका हुन्। इजरायलले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा हमला गरेको इरानको आरोप छ।

तर, इजरायलले त्यसलाई स्वीकार गरेको छैन तर यसको पछाडि इजरायलको हात रहेको इरानको भनाइ छ। अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई इजरायलमा ठूलो आक्रमण तुरुन्तै हुनसक्ने बताएका छन् भने इजरायलले आफू आफ्नो रक्षा गर्न तयार रहेको बताएको छ।  
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १३:१२
Weather Update