News Griha :: न्यूजगृह
इरानले गरेका ९९ प्रतिशत मिसाइल आक्रमण इजरायलले आकाशमै पार्‍यो ध्वस्त
BBC

काठमाडौं— इरानले ३०० भन्दा बढी ड्रोन आक्रमण गरेको इजरायली सेनाले जानकारी दिएको छ। गएरातिदेखि इरानले इजरायलमाथि आक्रमण शुरु गरेको थियो।  

यही १ अप्रिलमा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि इरानले सो को बदलास्वरूप यो आक्रमण गरेको जनाएको छ। सो आक्रमणमा दुई इरानी सेना कमान्डरसहित १३ जनाको मृत्यु भएको थियो। 

israel-iran-palestinian-conflict-1713083166.jpg
इजरायली सेनाका अनुसार इरानले अहिलेसम्म १७० ड्रोन, ३० क्रुज मिसाइल, १२० ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको र ९९ प्रतिशतलाई आफ्नो एन्टी मिसाइल सिस्टमले आकाशमै ध्वस्त बनाएको जानकारी दिएको छ।

इरानले इजरायलमा आक्रमण शुरु गरेपछि संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायतले इरानको आक्रमणको निन्दा गरेका छन्।

israel-iran-palestinian-conflict-1-1713083166.jpg

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:३४
Weather Update