News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सूर्य ग्रहणका दिन अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली!

काठमाडौं— अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागेपछि श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन्। त्यसपछि उनले आफ्ना दुवै छोरीलाई चलिरहेको कारबाट बाहिर फालिन। उनले आफ्नो कार रुखमा ठोक्काइन, जसका कारण महिलाको पनि मृत्यु भएको छ। 

लस एन्जलस टाइम्सका अनुसार ती महिला सूर्य ग्रहणलाई लिएर चिन्तित थिइन्। उनी मानिसबाट नकारात्मक ऊर्जा हटाएर राशिफल मार्फत भविष्य बताउँथिन्। भर्खरै उनले आफ्नो वेबसाइटमा लेखेकी थिइन्, ‘यो सूर्यग्रहण आध्यात्मिक युद्धको चेतावनी हो, यस्तो अवस्थामा आफ्नो हृदय शुद्ध राख्नुहोस् र आफ्नो सुरक्षामा ध्यान दिनुहोस्।’ 

Prabhu Bank

ड्यानियलले थप लेखेकी थिइन, ‘संसार धेरै छिटो परिवर्तन हुँदैछ। यस्तो अवस्थामा हामीले कुन पक्षमा बस्ने भनेर रोज्ने समय आएको छ।’

८ अप्रिलमा ग्रहणको दिन बिहान श्रीमानको छातीमा छुरा हानेकी ड्यानियलले राति ९ वर्षीया र ८ महिनाकी छोरीलाई कारबाट बाहिर फालिन। ८ महिनाकी बालिकाको मृत्यु भएको छ भने ९ वर्षीया बालिका उपचाररत छन्। त्यसपछि ड्यानियलले कार एउटा रूखमा ठोक्किन। आधा घण्टापछि घटनास्थलमा प्रहरी पुगेको थियो। प्रहरी अनुसन्धानले कार १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको खुलेको छ। 

त्यसपछि मात्र प्रहरी टोली डेनियलको घरमा पुगेको थियो। जहाँ प्रहरीले डेनियलका श्रीमानको शव फेला पार्यो । धेरैले श्रीमानको हत्यालाई बलि परम्परासँग जोडेका छन्।

अमेरिकी समुदायमा ग्रहणको बारेमा धेरै विश्वास र अन्धविश्वासहरू कायमै छन्। ग्रहणहरू लामो समयदेखि संसारको अन्त्यको भविष्यवाणीहरूसँग सम्बन्धित छन्। यद्यपि, वैज्ञानिकले भने यी दाबीहरूको वास्तविकतामा कुनै आधार नरहेको बताइरहेका छन्। सोमबारको सूर्यग्रहण अमेरिकाबाहेक मेक्सिको र क्यानडामा पनि देखिएको थियो । यस अवधिमा दिउँसै अन्धकार छाएको थियो । ४ मिनेट २८ सेकेन्डसम्म अँध्यारो भएको हो। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०८:४५
Weather Update