News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
जापानमा जनावरमाथिको दुर्व्यवहारका घटना बढ्यो 

काठमाडौं— जापानमा जनावरमाथिको दुर्व्यवहारको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको छ। 

प्रहरीका अनुसार गत वर्ष जनावरमाथि भएका दुर्व्यवहारबारे दर्ता भएका मुद्दा अघिल्लो वर्षको १५ बाट बढेर १८१ पुगेको छ।

Prabhu Bank

‘पशु कल्याण र व्यवस्थापन ऐन’ उल्लङ्घन गरेको आरोपमा सन् २०२३ मा त्यहाँ १८१ मुद्दा दर्ता भएका थिए। उक्त ऐनले जनावरलाई क्रूर र अनुपयुक्त व्यवहार गर्नबाट प्रतिबन्ध लगाएको छ।

सन् २०१० देखि सङ्कलन गर्न थालिएको तथ्याङ्क अनुसार यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो।

दुर्व्यवहारका घटनाहरूमध्ये ९७ वटा बिरालो र ६५ वटा कुकुरहरू रहेका  थिए भने कुखुरा, लोखर्के, खरायो, गाई, घोडा, कछुवालगायत रहेका उल्लेख गरिएको छ।  

बिरालो र कुकुरका १६२ घटनामा जनावरलाई वेवारिसे छाडेको ६४ वटा घटना, मृत्यु वा चोटपटकको कारण ४१ र जनावरलाई राम्ररी खुवाउन नसकेका वा स्वच्छ वातावरणमा नराखेको ५७ घटना रहेका छन्।

कोभिड महामारीको समयमा घरपालुवा जनावरहरू राख्ने मानिसहरू जनसङ्ख्या बढेको तर पछि सामान्य जनजीवनका कारण उनीहरू व्यस्त हुन थालेपछि पशु दुर्व्यवहारका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:३१
Weather Update