लगानीकर्ता नाफा बुकिङमा लाग्दा शेयर बजारमा उच्च गिरावटमंगलबार, फागुन २२, २०८०
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? मंगलबार, फागुन २२, २०८० नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। लगातार बढ्दै गएको सुन आज प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनकव तुलनामा २ हजार रुपैयाँले...

सत्ता समीकरणको प्रभाव शेयर बजारमा, मूल्यमा एक्कासि उछाल सोमबार, फागुन २१, २०८० सत्ता समीकरणसँगै सरकारमा नेतृत्व फेरबदल हुने भएको असर शेयरबजारमा परेको छ। सोमबार बजार कारोबार सुरु भएसँगै शेयरबजार सूचक बढेको छ। समाचार तयार पार्दासम्म बजार ११७.७० अंकले बढेर २०७८.०० को विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ६.०० प्रतिशत पुगेको छ।

अमेरिकी डलर र रियाल स्थिर, पाउण्डको भाउ बढ्यो सोमबार, फागुन २१, २०८० नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ। आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा कायम छ।यूरो एकको खदिर दर १४३ रुपैयाँ ४५ पैसा कायम भएको छ...
तोलामा दुई हजार बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? आइतबार, फागुन २०, २०८० साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामै २ हजार रुपैयाँ बढेको छ । चाँदी पनि तोलामा २० रुपैयाँ बढेर आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ कायम रहेको सुन आइतबार १ लाख २१ हजार रुपैयाँ पुगेको हो। आज तेजावी सुन...

आज विदेशी मुद्राको नेपाली मूल्य कति? आइतबार, फागुन २०, २०८० नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ ।त्यस्तै, यूरो एकको खदिर दर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ भने बिक्री दर १४४...

आज नेपालमा विदेशी मुद्रा विनिमय दर कति छ ? शनिबार, फागुन १९, २०८०

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर शुक्रबार, फागुन १८, २०८० नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९७ रुपैयाँ रहेको छ।बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ र बिक्री दर १३२.९८ रुपैयाँका दरले कारोबार भएको थियो।

धितोभन्दा १ अर्ब रुपैयाँ बढी ऋण प्रवाह गरी जग्गामा लगानी! बिहीबार, फागुन १७, २०८० प्रभु बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपानेले मिलेमतोमा ऋण प्रवाह गरी जग्गामा लगानी गरेको पाइएको छ। धितोबाट हुन आउनेभन्दा करिब १ अर्ब रुपैयाँभन्दा बढी ऋण प्रवाह गरेको देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले न्यौपानेमाथि अनुसन्धान गरिरहेको छ।

हलगोरु पाल्ने किसानलाई नगरपालिकाबाट १० हजार रुपैयाँ अनुदान बिहीबार, फागुन १७, २०८० बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ। रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो।
सुनको मूल्य बढ्यो, चाँदी स्थिर बिहीबार, फागुन १७, २०८० नेपाली बजारमा आज सुनको मूल्य बढेर आउँदा चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको...

ग्लोबल आईएमई बैंकका ३५ शाखाले एकैपटक गरे वित्तीय साक्षरता कार्यक्रम, ४ हजार बढीको सहभागिता बिहीबार, फागुन १७, २०८० ग्लोबल आईएमई बैंक लिमिटेडका ३५ वटा शाखाले एकैपटक वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन्। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गको पहिचान गरी सातै प्रदेशमा रहेका शाखाहरूले कार्यक्रम सञ्चालन गरेका बैंकले जनाएको छ। कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू,...

काठमाडौं महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर बिहीबार, फागुन १७, २०८० चालु आवका लागि जम्मा १० अर्ब ८० करोड वार्षिक लक्ष्य लिएको काठमाडौं महानगरले चालु आर्थिक महिनाको अवधि पार गरिसक्दा पाँच अर्ब ८० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ। चालु आवको अर्ध वार्षिक अवधिसम्म काठमाडौं महानगरको राजस्व सङ्कलनको अवस्था राम्रो रहे पनि पछिल्लो माघ महिनामा महानगरको आम्दानी अन्य...