News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
तोलामा दुई हजार बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?
Prabhu Bank

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामै २ हजार रुपैयाँ बढेको छ । चाँदी पनि तोलामा २० रुपैयाँ बढेर आएको छ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ कायम रहेको सुन आइतबार १ लाख २१ हजार रुपैयाँ पुगेको हो।
 
आज तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा त्यसको प्रभाव देखिएको छ।
 
आज अघिल्लो कारोबार दिनको तुलनामा चाँदी तोलामा २० रुपैयाँ वृद्धि भएर आएको छ। शुक्रबार तोलाको १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४१० रुपैयाँ कायम भएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ११:३६
sagarmatha cementsagarmatha cement
Weather Update