एकल अङ्कले घट्यो नेप्से, ८ अर्ब बढिको कारोबारबिहीबार, माघ ४, २०८०
पाथीभरा मन्दिरको भेटी कति?, समिति भन्छ— ८ करोड ७० लाख नाघ्यो बिहीबार, माघ ४, २०८० पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम ३५ लाख २९ हजार रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।
घट्यो सुनचाँदीको मूल्य बुधबार, माघ ३, २०८० तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट मंगलबार, माघ २, २०८० योजनाअनुसार ग्राहकहरूले बिगमार्ट स्टोरमा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाउनेछन् । उक्त छुट योजना यही माघ महिनाभरि लागू हुनेछ ।
दुई वर्षपछि शेयर बजार उच्च अंकमा, कारोबार ८ अर्ब नाघ्यो मंगलबार, माघ २, २०८० नेपाल स्टक एक्सचेन्जको रेकर्डअनुसार २०७८ माघ ४ पछि हालसम्मकै उच्च कारोबार भएको हो । बैंकहरूको ब्याजदर घटेको असर शेयर बजारमा परेको हो । १४ कम्पनीको शेयरमा सर्किटस्तरको कारोबार भएको छ । ३०४ कम्पनीमध्ये २१४ को शेयर मूल्य बढेको छ । ३१ कम्पनीको शेयर मूल्यमा गिरावट छ भने २ कम्पनीको शेयर...
अमेरिकी डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्यो [सूचीसहित] मंगलबार, माघ २, २०८० त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ४९ पैसा छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४३ पैसा र बिक्री दर १६८ रुपैयाँ १९ पैसा रहेको छ ।
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मंगलबार, माघ २, २०८० भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । घटाइएको मूल्य मंगलबार बिहान १२ बजेबाट लागू भएको छ ।
आयल निगमका कर्मचारीलाई चाहियो बोनस शुक्रबार, पुस २७, २०८० अर्न्तराष्ट्रिय बजारअनुसार मूल्य समायोजन नगरेको आयल निगमले गत आर्थिक वर्षमा ११ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको छ ।निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार यो रकम कर बाहेक हो । गत वर्ष करसहित करिब १६ अर्ब रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको असोजदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा...
सुनको मूल्य बढ्यो शुक्रबार, पुस २७, २०८० शुक्रबार सुनको मूल्य बढेको छ । पुस १८ यता घट्न थालेको सुनको मूल्य शुक्रबार तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सकारात्मक लयमा अर्थतन्त्र शुक्रबार, पुस २७, २०८० चालु आर्थिक वर्षको पाँच (मङ्सिर) महिनामा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले शोधनान्तर स्थिति बचतमा रहेको देखाएको हो ।
नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न बुधबार, पुस २५, २०८० नेपाल लाइफले बीमा बजारको एक चौथाई भन्दा बढी हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन उनले आग्रह गरे । बीमकको माग अनुरूप बजार सुहाउँदो बीमा योजनाहरू निकट भविष्यमा नै सार्वजनिक गर्न कम्पनीले द्रुत गतिमा तयारी गरी रहेको उनले जानकारी दिए...
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक बुधबार, पुस २५, २०८० पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आईएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [हेर्नुहोस् सूची] बुधबार, पुस २५, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ ।