News Griha :: न्यूजगृह
फेरि बढ्यो सुन, प्रतितोला १ लाख २५ हजार ८ सयमा कारोबार

काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ।

मंगलबार हालसम्मकै उच्च १ लाख २६ हजार पुगेको सुनको मूल्यमा बुधबार १ हजार रुपैयाँ घटेको थियो। तर, बिहीबार तोलामा ८ सय रुपैयाँले सुनको मूल्य बढेर आएको छ।
 
हिजो प्रतितोला १ लाख २५ हजार रुपैयाँमा झरेको छापावाला सुन बिहीबार १ लाख २५ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आजका लागि महासंघले तेजावी सुन तोलामा १ लाख २५ हजार २ सय रुपैयाँ तोकेको छ।
 
महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५० रुपैयाँ बढेर १ हजार ५ सय १५ रुपैयाँ पुगेको छ । 

फागुन महिनाको २६ दिनमा मात्रै नेपाली बजारमा ८ हजार ५ सय रुपैयाँले सुनको भाउ बढेर मूल्यमा नयाँ रेकर्ड राखेको छ । 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ११:३१
Weather Update