काठमाडौं— साताको अन्तिम कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ। बिहीबार २७.८४ अंकले घट्दै नेप्से सूचक २ हजार ८०.८७ अंकमा झरेको छ।
केही दिनयता लगातार बढ्दै गएको नेप्से सूचकमा बुधबार २ अंकले गिरावट आएको थियो। बिहीबार १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ।
सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूहको उपसूचक २.६५ प्रतिशतले घटेको छ भने अरु बाँकी १२ वटा उपसूचक २ प्रतिशत कमले घटेका छन्।
आज १९६ कम्पनीको शेयर मूल्य घट्दा ४४ कम्पनीको मूल्य बढेको छ भने ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
२७ अंकमाथिले नेप्से सूचक घटेको दिन ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ८३ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको छ।
आज वीइन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.०२ प्रतिशतले घट्न पुगेको छ।