नेप्से परिसूचकमा उच्च अङ्कको गिरावटबिहीबार, पुस ५, २०८०
बिहीबार सुनको भाउ स्थिर, चाँदीको मूल्य बढ्यो बिहीबार, पुस ५, २०८० बुधबार तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको सुन बिहीबार भने स्थिर छ । छापावाला सुन आज १ लाख १९ हजार प्रतितोलामै कारोबार हुने महासङ्घले जनाएको छ ।
साढे ४ अर्बमा खरिद गरिएका चिनियाँ जहाज कवाडीमा बेच्न खुल्यो टेन्डर बिहीबार, पुस ५, २०८० प्राविधिक रूपले मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या भएपछि ग्राउण्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज कवाडीमा बेच्न टेन्डर आह्वान गरिएको हो ।
तोलामै १ हजारले बढ्यो सुन बुधबार, पुस ४, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल र तेजाबी सुन तोलामै १ हजार रुपैयाँले वृद्धि भएको छ ।मंगलबार छापावाल सुन १ लाख १८ हजारमा कारोबार भएकोमा आज तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको छ ।
तीन वर्षमा नेपाल एअरलाइन्सको आम्दानी १४४ प्रतिशतले वृद्धि मंगलबार, पुस ३, २०८० नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले तीन वर्षमा आफ्नो आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भएको बताएको छ । मंगलबार एक विज्ञप्तिमार्फत निगमले बितेका तीन वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको बताएको छ ।
अर्थ सचिवको आक्रोश : बजेटमै नभएको पैसा कहाँबाट ल्याउने? [भिडिओसहित] मंगलबार, पुस ३, २०८० अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले बजेटमै नभएको पैसा कहाँबाट ल्याउने भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधि सभा अन्तरगत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले, बजेटको सिलिङ भन्दाबढी माग राखेर मन्त्रालय धाउने गरिएको भन्दै आक्रोश पोखे ।
सरकारी स्वामित्वको हेटौंडा सिमेन्टलाई बोरामै १५० रुपैयाँ घाटा, उद्योग धराशायी मंगलबार, पुस ३, २०८० सरकारी स्वामित्वको सिमेन्ट कम्पनी हेटौंडा सिमेन्टले प्रति बोरा १ सय ५० रुपैयाँ घाटा बेहोरिरहेको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले मंगलबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बजार प्रतिष्पर्धा गर्न नसक्दा उद्योगको घाटा बढेको बताएका छन् ।
एनसेललाई ६ वर्षभित्र सरकारको स्वामित्वमा ल्याउन राज्यव्यवस्था समितिको निर्देशन मंगलबार, पुस ३, २०८० संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले अबको ६ वर्षमा एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने गरी कानुन र नियम संशोधन गर्न मंगलबार निर्देशन दिएको छ ।मंगलबार समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई समिति बैठकमा बोलाएर एनसेलको शेयर खरिदबिक्री बारे छलफल गरेको थियो । बैठकमा सहभागी प्रधानमन्त्री...
बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार? मंगलबार, पुस ३, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य प्रतितोला २ सयले बढेर आज छापावाल सुन १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको हो ।
नेप्से ३८.१४ अंकले बढ्यो, ६ अर्ब ८६ करोडको कारोबार सोमबार, पुस २, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक नौ दशमलव ५६ अङ्कले उकालो लागेर तीन सय ९० दशमलव...
आज सुनचाँदीको मूल्य स्थिर सोमबार, पुस २, २०८० आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ कायम रहेको महासंघले जनाएको हो । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर सोमबार, पुस २, २०८०
उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय आइतबार, पुस १, २०८० सरकारले उखु किसानहरूलाई ५२ करोड रुपैयाँ तत्काल भुक्तानी दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा आइतबार सरोकारवालासँग बसेको बैठकले उखु किसानहरूको भुक्तानी गर्न बाँकी रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।