News Griha :: न्यूजगृह
शेयर बजार उकालो यात्रामा, मंगलबार ३६.८६ अङ्क बढेर बन्द, चार अर्ब ३० करोडको कारोबार
शेयर बजार उकालो यात्रामा, मंगलबार ३६.८६ अङ्क बढेर बन्द, चार अर्ब ३० करोडको कारोबार तीन कारोबार हेर्दा शेयर बजार उकालो यात्रामा देखिएको छ । गत आइतबार ६ प्रतिशतले वृद्धि भएको बजार सोमबार १५.४० अङ्कले घटेको थियो । मंगलबार ३६.८६ अङ्क बढेर बन्द भएको छ ।
५ सय रुपैयाँले घट्यो सुनको भाउ
५ सय रुपैयाँले घट्यो सुनको भाउ आइतबार १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सय रुपैयाँले घटेर १ लाख १७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४ पैसा र बिक्री दर...
नेप्सेमा तेस्रो सर्किट ब्रेक, ६ प्रतिशत बढेपछि आजलाई शेयर कारोबार बन्द 
नेप्सेमा तेस्रो सर्किट ब्रेक, ६ प्रतिशत बढेपछि आजलाई शेयर कारोबार बन्द  दुई वर्षपछि नेप्से परिसूचक एकै दिन उच्च अंकले बढेको छ। आज नेप्से एकै दिन एक सय ११ बिन्दुले बढेपछि तेस्रो सर्किट ब्रेक लागेर बजार बन्द भयो।  १२ बजेर ९ मिनेटमा तेस्रो सर्किट ब्रेक लागेपछि तीन घण्टा अघि नै आजलाई बजार बन्द गरिएको छ। चाँडै बन्द भएपछि साविक दिनमा ४ घण्टा...
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज छापावाल सुन एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
किसानले पाएनन् दूधको २२ करोड भुक्तानी
किसानले पाएनन् दूधको २२ करोड भुक्तानी जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रकम पाउन सकेका छैनन् । एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानलेसमेत दूधको मूल्य पाउन नसकेका हुन् ।असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले बताए ।
वर्षायाममा प्राधिकरणले भारतलाई बेच्यो १५ अर्ब २४ करोडको बिजुली
वर्षायाममा प्राधिकरणले भारतलाई बेच्यो १५ अर्ब २४ करोडको बिजुली यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ ।नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत  जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।प्राधिकरणले यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट...
भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा बढ्न सक्छ मूल्य
भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा बढ्न सक्छ मूल्य भारतीय प्याजले नेपालमा पनि ठूलो हिस्सा ओगट्ने गरेको छ ।  केन्द्र सरकारले घरेलु बजारमा प्याजको उपलब्धता सुनिश्चित गर्दै मूल्यलाई नियन्त्रणमा राखिरहन यस्तो कदम चालेको हो । विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै प्याज निर्यात नीतिमा फेरबदल गर्दै सन् २०२४ मार्च ३१ सम्म निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको छ।    
शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति, बजार र निर्माण क्षेत्र चलायमान हुने अपेक्षा
शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति, बजार र निर्माण क्षेत्र चलायमान हुने अपेक्षा नीतिगत व्यवस्थाहरू मार्फत राष्ट्र बैंकले ल्याएको नयाँ व्यवस्थाले बजार चलायमान हुने र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो नीतिगत व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने भएको छ ।
बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार?
बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार? कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । नयाँ मूल्य अनुसार सुन आज तोलामा १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५८ अङ्कले उकालो लागेर तीन सय ५२ दशमलव २८ मा पुगेको छ ।
आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने, यो वर्ष ५ प्रतिशत मात्रै
आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने, यो वर्ष ५ प्रतिशत मात्रै राष्ट्र बैंकले नेपालमा यो वर्ष आर्थिक वृद्धि ४ देखि ५ प्रतिशतमै सीमित हुने प्रक्षेपण गरेको छ । संघीय संसद्को अर्थ समितिमा मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण पेस गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत मात्र आर्थिक वृद्धि आकलन गरिएको जानकारी दिएका...
Weather Update