News Griha :: न्यूजगृह
पाँचथरको डेरी बजारबाट ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेडले पाँचथरको फिदिम नगरपालिका- १२ डेरी बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।​

सोमबारबाट शाखा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाहरूको संख्या २७५ पुगेको बैंकले जनाएको छ।​

शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नम्बर १२ का अध्यक्ष कमलप्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेलले संयुक्तरुपमा गरेका थिए।​

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी लगायतका सेवा लिन सक्नेछन्। 

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३५५ शाखा कार्यालय, ३७८ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्स्टेन्सन तथा राजश्व संकलन काउण्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन्।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले ४६ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १९:४५
Weather Update