News Griha :: न्यूजगृह
आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने, यो वर्ष ५ प्रतिशत मात्रै
आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने, यो वर्ष ५ प्रतिशत मात्रै राष्ट्र बैंकले नेपालमा यो वर्ष आर्थिक वृद्धि ४ देखि ५ प्रतिशतमै सीमित हुने प्रक्षेपण गरेको छ । संघीय संसद्को अर्थ समितिमा मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण पेस गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत मात्र आर्थिक वृद्धि आकलन गरिएको जानकारी दिएका...
शेयर खरिदबिक्री प्रकरण : एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा के छ? [पत्रसहित]
शेयर खरिदबिक्री प्रकरण : एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा के छ? [पत्रसहित] एनसेल आजियटाको शेयर खरिदबिक्री प्रक्रियामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मागेको स्पष्टीकरणको जवाफ एनसेलले पठाएको छ । मंसिर १३ मा घोषणा भएको एनसेलको ८० प्रतिशत शेयर स्वामित्व हस्तान्तरण प्रक्रिया सम्बन्धमा प्रश्न उठाउँदै प्राधिकरणले मंसिर १४ मा एनसेललाई पत्र पठाएको थियो ।
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ? सुनको भाउ हिजो मंगलबार पनि तोलामा २ हजार ४ सयले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ पनि घटेको छ ।
स्टिल्केसद्वारा काठमाडौंमा प्रमुख डिलर शोरुम सुचारु
स्टिल्केसद्वारा काठमाडौंमा प्रमुख डिलर शोरुम सुचारु कार्यक्षेत्रको दुनियाँमा डिजाइन र विचारको नेतृत्व गरिरहेको स्टिल्केसले आफ्नो प्रमुख डिलर शोरूम काठमाडौंमा सञ्चालनमा ल्याएको छ ।
राष्ट्र बैंकको नाफा ८७ अर्ब, २५ अर्ब नेपाल सरकारलाई दिने  
राष्ट्र बैंकको नाफा ८७ अर्ब, २५ अर्ब नेपाल सरकारलाई दिने   राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा ८७ अर्ब रुपैयाँ नाफा कमाएको छ । यो नाफा बैंकसँग मौज्दात रहेको सुन, चाँदी तथा विदेशी मुद्रा सञ्चितिको अहिले मूल्य अनुसार गरिएको मूल्यांकनको आधारमा समेत भएको हो । अहिलेको मूल्य अनुसार मौज्दात रहेको सुन, चाँदीमा राष्ट्र बैंकलाई १७ अर्ब ११ करोड र विदेशी मुद्रामा...
एनसेलको शेयर खरिदबिक्रीमा शङ्कै शङ्का
एनसेलको शेयर खरिदबिक्रीमा शङ्कै शङ्का दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको शेयर स्वामित्व खरिदबिक्री विवाद र शङ्काको घेरामा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट यूके लिमिटेड’ लाई बेच्ने निर्णय गरेपछि उक्त व्यावसायिक कारोबार सम्झौताले नेपालमा तरङ्ग पैदा भएको छ ।
दराज ११.११ सेल: ५० लाखले किने सामान
दराज ११.११ सेल: ५० लाखले किने सामान गत कार्तिक २५ गते सार्वजनिक भएको दराज ११.११ सेलमा लाखौँ ग्राहकले करोडौँको छुट पाएको कम्पनीले जानकारी दिएको छ ।  
लाभांशको निर्णय ढिलो जानकारी गराउँदा तारागाउँ रिजेन्सी होटल्स कारबाहीमा, शेयर कारोबार स्थगन  
लाभांशको निर्णय ढिलो जानकारी गराउँदा तारागाउँ रिजेन्सी होटल्स कारबाहीमा, शेयर कारोबार स्थगन   तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ । नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो ।
सुनको भाउ तोलाको १ लाख २१ हजार नाघ्यो
सुनको भाउ तोलाको १ लाख २१ हजार नाघ्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो । आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ । नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा स्थिर छ ।    
एनसेलको शेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियाटाले अझै दिएन जवाफ
एनसेलको शेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियाटाले अझै दिएन जवाफ सार्वजनिक लेखा समितिले निजी कम्पनीको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको ८० प्रतिशत शेयर बिक्रीप्रति आशंका व्यक्त गरेको छ । समितिले एनसेलको शेयरबिक्रीमा कर छलि भएको आशंका गर्दै आइतबार आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । एनसेलमा रहेको आजियाटा समूहको शेयरखरिद बिक्री वा स्वामित्व...
एनसेलको शेयर बिक्रीमा करछली भएको सांसद अमरेश सिंहको दाबी
एनसेलको शेयर बिक्रीमा करछली भएको सांसद अमरेश सिंहको दाबी काठमाडौंमा आइतबार पत्रकार  सम्मेलन गर्दै उनले गलत मनसायका साथ ६ अर्बमा एनसेलको खरिदबिक्री भएको दाबी गरेका हुन् । साथै, एनसेल खरिदबिक्री यूकेमा गरेर नेपालमा तिर्नुपर्ने पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) छली गरिएको आरोप उनले लगाए । खरिदबिक्रीमा ठूलो चलखेल भएको उनको दाबी छ ।
सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न अर्थको निर्देशन
सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न अर्थको निर्देशन अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिइएको हो ।  सरकारी कार्यालयमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता...
Weather Update