काठमाडौं— शेयर बजार परिसूचक बुधबार ५.९१ अंकले बढेको छ। परिसूचक २०७६.५० विन्दुमा कायम भएको छ। विकास बैंक, फाइनान्स र अन्य उपसमूहले बजार थामेका छन्।
फाइनान्स उपसमूहको सूचक ६.५६, विकास बैंक २.३८ र अन्य उपसमूह १.०७ प्रतिशतले बढेको छ। होटल, वाणिज्य बैंक, हाइड्रोपावर, इन्स्युरेन्स र व्यापार उपसमूहका सूचक घटेका छन्। १११ कम्पनीको शेयर समूह घटेको छ भने बढेका १३२ का लगानीकर्ता फाइदामा रहे।
आज ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स, बोटलर्स नेपाल बालाजु, पाँचथर पावर कम्पनी, समाज लघुवित्त र जोशी हाइड्रोपावरको शेयरमा सर्किट लागेर बढेको हो।
१ करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर कारोबार भएको छ। बुधबारको कारोबार रकम ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८ सय ९५ रुपैयाँ छ।
सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स पहिलो नम्बरमा रह्यो। हिमालयनको १७ करोड १७ लाखको शेयर किनबेच भएको छ। यो कम्पनीको शेयरमूल्य प्रति कित्ता ६ सय ६८ रुपैयाँ १० पैसा रहको छ। यस्तै दोस्रोमा गुर्खा फाइनान्सको १२ करोड ५९ लाख, प्राइम कमर्सियल बैंकको संस्थापक शेयर ११ करोड ६४ लाख, जोशी हाइड्रोपावरको १० करोड ९ लाख र नेपाल फाइनान्सको १० करोड ७ लाखको शेयर किनबेच भएको छ।