News Griha :: न्यूजगृह
कोशी सरकारको बजेट सर्वसम्मतिले पारित
कोशी सरकारको बजेट सर्वसम्मतिले पारित बुधबारको प्रदेश सभा बैठकबाट आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो । कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० (विनियोजन विधेयक) माथि...
एकीकृत निर्देशन संशोधनपछि कालोसूची पीडित व्यवसायीलाई राहत
एकीकृत निर्देशन संशोधनपछि कालोसूची पीडित व्यवसायीलाई राहत राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै जमानतदाता लाई कालोसूचीमा समावेश गर्नपूर्व ऋणीले सुरक्षण स्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्ने व्यवस्था गरेको हो । त्यस्तै सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको ऋण रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदाता लाई ९० दिनको समय प्रदान गर्नुपर्ने व्यवस्था थप...
एनसेलबाट आजियाटा बाहिरिने, शेयर बिक्रीमा राखियो  
एनसेलबाट आजियाटा बाहिरिने, शेयर बिक्रीमा राखियो   एनसेलमा आजियाटा ग्रुपको ८० प्रतिशत शेयर रहेको छ। आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको जानकारी दिए । उनले नेपालमा रहेको ग्रुपको ८० शेयर बिक्रीको लागि राखिएको बताएका छन् ।
निरन्तर बढ्दै सुनचाँदीको मूल्य, आज कतिमा भइरहेको छ कारोबार?
निरन्तर बढ्दै सुनचाँदीको मूल्य, आज कतिमा भइरहेको छ कारोबार? सोमबारयता प्रत्येक दिन सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । मङ्गलबारको तुलनामा आज एक हजार ६०० रुपैयाँ बढी हो । 
बोटलर्स नेपाल र युनिलिभरसहित ८८ कम्पनीलाई सेबोनले सोध्यो स्पष्टीकरण [सूचीसहित]
बोटलर्स नेपाल र युनिलिभरसहित ८८ कम्पनीलाई सेबोनले सोध्यो स्पष्टीकरण [सूचीसहित] यस्तै बोर्डमा वित्तीय विवरण नबुझाएका १८ कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना किन नगर्ने भन्दै प्रश्न गरेको छ । कात्तिक २० गते सञ्चालक समितिको बैठकले ८८ सूचीकृत कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि बोर्डले १५ दिनको समय दिँदै स्पष्टीकरण पत्र पठाएको छ ।
सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम, तोलाको कति पुग्यो ?
सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम, तोलाको कति पुग्यो ? लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।  आज सुन प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो...
बजेट प्रतिस्थापन विधेयकमा सांसदहरूको असन्तुष्टि
बजेट प्रतिस्थापन विधेयकमा सांसदहरूको असन्तुष्टि कोशी प्रदेश सभामा प्रस्तुत बजेट प्रतिस्थापन विधेयकप्रति सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रदेश सभा बैठकमा भएको छलफलमा बोल्ने क्रममा उनीहरूले असन्तुष्टि जनाएका हुन् । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गर्न ल्याइएको विधेयकप्रति एमाले र सत्तारुढ दलका सांसदहरुले असन्तुष्टि पोखेका हुन् ।
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य हिजो तोलामा ६०० रुपैयाँले बढेको सुन आज पनि ५०० रुपैयाँले वृद्धि भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८ सय ५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार...
तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति  छ । उक्त निर्देशक समितिको पहिलो बैठक आइतबार बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिए । 
नेप्से  परिसूचकमा उच्च अंकको बृद्धि
नेप्से  परिसूचकमा उच्च अंकको बृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार भने उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४७ दशमलब ७५ अङ्कले उकालो लागेर एक हजार नौ सय सात दशमलब  ९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब...
६ सयले बढ्यो सुनको मूल्य
६ सयले बढ्यो सुनको मूल्य नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।शुक्रवार १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सयले बढेर तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँमा पुगेको छ ।
४० करोड रुपैयाँ हिनामिना गरेको आरोपमा अम्बे सहकारीका अध्यक्षसहित ५ जना पक्राउ
४० करोड रुपैयाँ हिनामिना गरेको आरोपमा अम्बे सहकारीका अध्यक्षसहित ५ जना पक्राउ जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आले पक्राउ परेका हुन् । पक्राउ परेका एक जनाको नाम प्रहरीले खुलाएको छैन । बचतकर्ताको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी उजुरी दिएका थिए ।
Weather Update