News Griha :: न्यूजगृह
ओरालो लाग्यो शेयर बजार, पाँच अर्ब २९ करोडको कारोबार

काठमाडौं— साताको चौथो कारोबार दिन लगातार तीन दिन बढेको शेयर बजार मापक नेप्से परिसूचक आज २१.६७ अङ्कले घटेको छ । 

बुधबार नेप्से १.०२ प्रतिशतले घटेर २०९७.९३ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्र कम्पनीको एक करोड ४७ लाख ७७ हजार १२० कित्ता शेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँमा किनबेच भएको छ । 

१३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचकको मात्र आज कारोबार बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक भने घट्यो । 

बुधबार साम्लिङ पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ९.८७ प्रतिशतले बढेको छ । मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक ५.८७ प्रतिशतले घटेको छ ।

मंगलबार नेप्से परिसूचकमा सुधार आएपनि बुधबार भने कारोबार घटेको छ । हिजो परिसूचक १४.८८ अंकले बढेर (०.७० प्रतिशत) पुग्दा शेयर बजारमा पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको थियो । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १६:२६
Weather Update