लुम्बिनी—भियतनाम सिधा हवाई उडानको तयारी, राजदूत हाई सकारात्मकबुधबार, साउन ३१, २०८०

लम्पी स्किनका कारण चितवनमा दूध उत्पादन घट्यो मंगलबार, साउन ३०, २०८० जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा.रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिए ।

नेप्से परिसूचकमा भारी गिरावट मंगलबार, साउन ३०, २०८० आजको कारोबारपछि इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै पाँच दशमलव १८ प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरै घट्नेमा हिमालयन डिस्टिलरी लिमिटेडको शेयर मूल्य सात दशमलव ६९ प्रतिशतले घटेको छ ।

करको दर हेरफेर प्रकरणमा मुछिएका सचिव कृष्णहरि पुष्करलाई पुनः अर्थमा फर्काउने तयारी मंगलबार, साउन ३०, २०८० अर्थ सचिव अर्जुन पोखरेलको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई हटाउने तयारी सरकारले गरेको हो । उनको ठाउँमा यसअघि अर्थ सचिव रहिसकेका कृष्णहरि पुष्कर वा केवल भण्डारी मध्ये एक जनालाई ल्याउने तयारी गठबन्धन सरकारको छ । बजेटमा करको दर हेरफेर प्रकरणमा मुछिएका सचिव हुन् पुष्कर । सचिव पोखरेल अर्थमा आउनुअघि प्रधानमन्त्री...

राम्रो कार्य भइरहेको बेला नकारात्मक कुरा हाबी भयो : अर्थमन्त्री मंगलबार, साउन ३०, २०८० अर्थमन्त्री प्रकाशशरण महतले देशमा राम्रो काम भइरहेको दाबी गरेका छन् । उनले देशमा राम्रो काम हुँदै गर्दा नकारात्मक कुरा हाबी भएको गुनासो गरे । मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राज्यले गरेका कार्यहरूमा सबै सकारात्मक बनेर लाग्नु पर्ने बताए ।

मंगलबार हरियो तरकारीको मूल्य कति ? मंगलबार, साउन ३०, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि सार्वजनिक गरेको मूल्य सूचीमा हरियो तरकारीमा सोमबारको तुलनामा मूल्य घटेको छ ।

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट सोमबार, साउन २९, २०८० अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सोमबार बाँडफाँट भएको छ ।

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम दुई अर्ब बढी सोमबार, साउन २९, २०८० नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अंकको गिरावट देखिएको छ । सोमबार कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अंकले घटेर दुई हजार ७७ दशमलव २४ अंक कायम भएको छ ।

सुनको मूल्य बढ्यो, आज कति पुग्यो ? सोमबार, साउन २९, २०८० सोमबार सुनको मूल्यमा सामान्य वृृद्धि भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा दुई सयले बढेर एक लाख ११ हजार तीन सय रुपैयाँ कायम भएको छ ।
![विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य [सूची]](https://newsgriha.com/uploads/posts/520X390/euro-money1679016003.jpg)
विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य [सूची] सोमबार, साउन २९, २०८० नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीले मागे निजी क्षेत्र र बैंकरसँग सुझाव आइतबार, साउन २८, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र बैंकरसँग सुझाव माग गरेका छन् ।

आज कतिमा हुँदैछ सुन-चाँदीको कारोबार ? आइतबार, साउन २८, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कायम रहेको छ । तेजावी सुनको मूल्य तोलाको एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बढ्यो हरियो तरकारीको मूल्य आइतबार, साउन २८, २०८०