News Griha :: न्यूजगृह
लुम्बिनी—भियतनाम सिधा हवाई उडानको तयारी, राजदूत हाई सकारात्मक

काठमाडौं— नेपाल हेर्ने भियतनामी राजदूतन्गुयेन थान हाईले लुम्बिनी–भियतनाम सिधा उडानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल–भियतनाम चेम्बर अफ कमर्सले नेपालका लागि समेत राजदूत रहेका न्गुयेन थान हाइले आफ्नो स्वागतका लागि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भियतनामीहरु नेपालको लुम्बिनी आउन इच्छुक रहेको उल्लेख गर्दै दुई देशले पर्यटन प्रवर्द्धनका लागि सम्पर्क सञ्जाल विस्तार गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनापछि द्विपक्षीय रुपमा भ्रमण आदानप्रदान हुँदै आएको बताउँदै आर्थिक समृद्धिका लागि द्विपक्षीय व्यापार, पर्यटनलगायत सम्भावनाका क्षेत्रमा सम्पर्क सञ्जाल विस्तार गर्न आवश्यक छ । ’

भियतनामका लागि कन्सुलरसमेत रहेका नेपाली व्यवसायी राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी–भियतनाम सिधा उडानको लागि पहल गर्न आग्रह गरेका थिए । भारतसँग भियतनाममा सिधा हवाई सेवा छ । यसले भारत र भियतनामको व्यापार र पर्यटन क्षेत्रको विकासमा टेवा पुगेको भन्दै उनले नेपाल पनि सिधा हवाई सेवा सुरु गर्नु पर्ने बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:३२
Weather Update