काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ ।
सार्वजनिक मूल्यसूची अनुसार च्याउ गाँजर, सागलगायतका हरियो तरकारीको मूल्य १० देखि ४० रुपैयाँसम्म प्रतिकेजीमा बढेको छ ।
आज रायो साग, हरियो प्याज, गाँजर, रातो मूला, घिरौलाको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेर आएको छ । घिउ सिमीमा १० रुपैयाँ र लाम्चोभन्टामा प्रतिकेजी ५ रुपैयाँले मूल्य घटेको छ ।
बजारमा गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ निर्धारण गरिएको छ । लोकल सानो गोलभेँडाको मूल्य भने स्थिर ६० रुपैयाँ रहेको छ ।
रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय प्रतिकेजी ५६ रुपैयाँ र स्थानीय काउली ५० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।
कन्य च्याउमा प्रतिकेजी ४० रुपैयाँले भाउ बढेको छ । शनिबार १६० रुपैयाँ मूल्य रहेको सोही च्याउ आज ४० रुपैयाँले बढर २०० पुगेको छ ।
गाँजरको मूल्य प्रतिकेजी ११० रुपैयाँमा बिक्री भएको छ भने घिउ सिमी लोकल ५०, मुला रातो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ ।
तितो करेला ४०, लौका ४०, परवल ४४, घिरौला ३०, फर्सी पाकेको ५०,कन्ने च्याउ २००, डल्ले च्याउ ३३०, काँक्रो लोकल ४० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।
रायोको साग ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ३० रुपैयाँ हुँदा हरियो प्याज १०० रुपैयाँ न्यूनतम मूल्य कायम रहेको छ ।
समितिका अनुसार फलफूलको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ । आज केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ ।
कागती १३०, अनार ३००, आँप मालदह २२०, तरबुजा हरियो ७०, मौसम १६०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपती लोकल ७० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।