नेपाली पासपोर्टको वरीयतामा एक स्थान सुधारबिहीबार, पुस २६, २०८०

क्रिकेट कप्तान रोहितले छोडे त्रिभुवन आर्मी क्लब बिहीबार, पुस २६, २०८० नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले त्रिभुवन आर्मी क्लब छाड्ने भएका छन् । पौडेलले क्लबमा करार नवीकरण नगर्ने निर्णय गरेका हुन् ।

अलैँचीको मूल्य उत्साहजनक वृद्धि, प्रतिमन ८० हजार बिहीबार, पुस २६, २०८० कोशीका पहाडी जिल्लाको मुख्य नगदेबालीमा पर्ने अलैँचीको मूल्य उत्साहजनक रुपमा बढेको छ । अलैँची प्रतिमन यतिबेला ८० हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ । झण्डै दशकअघि प्रतिमन अलैँची एक लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो । तर बिस्तारै घट्दै आएर प्रतिमन २० हजार रुपैयाँसम्म पुगेको थियो ।

यो वर्ष बेरोजगारी झन् बढ्ने आईएलओको अनुमान बिहीबार, पुस २६, २०८० अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले श्रम बजारमा बेरोजगारीको दर झन् बढ्दै जान सक्ने अनुमान गरेको छ । संगठनको सन् २०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण प्रतिवेदनले यो वर्ष विगतभन्दा पनि धेरै मानिसहरू बेरोजगार बन्ने देखाएको हो । सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तराष्ट्रिय श्रम बजारमा बेरोजगारी बढ्दै गएको हो...

भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई ३ वर्ष कैद बुधबार, पुस २५, २०८० विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहलाई ३ वर्ष कैद सजाय सुनाएको छ ।उनीबाट १६ लाख ६९ हजार रुपैयाँ बिगो र त्यति नै जरिवाना समेत भराउन पनि विदेश अदालतले आदेश दिएको छ । विशेष अदालतले शाहसँगै भ्रष्टाचार मुद्दा लागेका पूर्व सई दीपेन्द्रप्रसाद...

सन्दीप तत्काल जेल जानु नपर्ने, बाहिर बसेरै पुनरावेदन गर्न सक्ने बुधबार, पुस २५, २०८० बलात्कार मुद्दामा दोषी ठहर भएर ८ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय पाए पनि सन्दीप लामिछानेले तत्काल कारागारमा बस्नु नपर्ने भएको छ । १० वर्षभन्दा कमको सजाय बाहिरै बसेर लड्न पाउने कानुनी व्यवस्थासँगै सन्दीपलाई कारागार चलान गर्नु नपर्ने भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

सन्दीपले गौशाला-२६ लाई ५ लाख रूपैयाँ क्षतिपूर्ति र जरिवाना तिर्नुपर्ने बुधबार, पुस २५, २०८० सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय सुनाएको जिल्ला अदालत काठमाडौंले पीडितलाई ५ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई कैद बाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको हो । सन्दीपले जरिवाना र क्षतिपूर्तिवापत...

सन्दीप लामिछानेलाई ८ वर्ष कैद बुधबार, पुस २५, २०८० सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेका हुन् । यसअघि सन्दीप बलात्कार आरोपमा दोषी ठहर भएका थिए ।

मुस्ताङ : जता हेर्यो उतै राम्रो बुधबार, पुस २५, २०८० पोखराबाट जोमसोम १ सय १३ किलोमिटर हो । जोमसोमबाट लोमान्थाङ ९० किलोमिटर छ । सार्वजनिक यातायातमा पोखरा–जोमसोम १२ सय रुपैयाँ जोमसोमबाट लोमान्थाङ १८ सय रुपैयाँ गाडी भाडा तोकिएको छ । तर धेरैजसो पर्यटकहरू गाडी रिजर्व गरेर जान्छन् । जोमसोममा हवाइ मैदान पनि रहेकाले जहाज पनि जान्छ । लोमान्थाङमा होटल र...

विश्वका घुम्नै पर्ने ५२ गन्तव्यको सूचीमा ‘मुस्ताङ’ बुधबार, पुस २५, २०८० अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ५२ गन्तव्यमध्ये ३७ औं नम्बरको सूचीमा नेपालको मुस्ताङ जिल्लालाई पनि समावेश गरेको छ । न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका ५२ गन्तव्यमध्ये ३७ औं नम्बरको सूचीमा नेपालको मुस्ताङ पनि सन्...

नेपाल एअरलाइन्सको न्यारोबडी जहाजमा समस्या, बैङ्कक उड्न लागेका १५२ यात्रु विमानस्थलमा अलपत्र सोमबार, पुस २३, २०८० एक सय ५२ यात्रु लिएर काठमाडौंबाट बैङ्ककतर्फ उड्न लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार दुईपटक उड्ने प्रयास गर्दा पनि सकेन ।

जहाँ हिन्दु भएकै कारण देश छोड्नुपर्छ सोमबार, पुस २३, २०८० बंगलादेशको राजधानी ढाकाको काजीपारामा एक ब्राह्मण परिवार पुस्तौँदेखि बस्दै आएको छ । उक्त परिवारमा १४ जना छन् । ७०० स्क्वायर फिटको दुईतले घरमा पुग्न मुख्य सडकबाट ३० मिटर हिँड्नुपर्छ । लामो साँघुरो गल्ली छ, जसमा तीन ठाउँमा गाईको मासु झुन्ड्याइएको देखिन्छ । काममा जानुअघि घरको एउटा कुनामा बनेको सानो मन्दिरमा...

भारतीय दूतावासमार्फत सोझै २० करोड लगानी, घेराबन्दीमा प्रधानमन्त्री आइतबार, पुस २२, २०८० नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले विभिन्न सहमति र सम्झौता गरेर शुक्रबार स्वदेश फर्किए । फर्किनुअघि पशुपतिनाथ दर्शन गरी रुद्राक्षको बिरुवा रोप्दै आफ्नो स्मृति छाडेर बिदाई भए । उनको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर मात्र भएन नेपालको...