News Griha :: न्यूजगृह
राष्ट्रिय गौरवका आयोजनाहरू हचुवाको भरमा छनोट भए : मन्त्री ज्वाला
राष्ट्रिय गौरवका आयोजनाहरू हचुवाको भरमा छनोट भए : मन्त्री ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरू हचुवाको भरमा छनोट भएको टिप्पणी गरेका छन् ।बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको छलफलमा मन्त्री ज्वालाले मन्त्रालयसँग सम्बन्धित २४ वटा राष्ट्रिय गौरवको आयोजनाहरू धेरैजसो हचुवाको भरमा छनोट भएको भन्दै पुनर्विचार हुने बताएका हुन् ।
सर्वोच्चले माग्यो लैंगिक अल्पसङ्ख्यकलाई निजामती सेवामा निषेध गर्नुको कारण
सर्वोच्चले माग्यो लैंगिक अल्पसङ्ख्यकलाई निजामती सेवामा निषेध गर्नुको कारण सरकारी नोकरीमा आरक्षण माग्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले दायर गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समलिङ्गी, (तेस्रोलिंगी, अन्तरलिङ्गी, दुईलिङ्गी) समुदायको हक अधिकारका लागि स्थापना भएको ‘मायाको पहिचान नेपालले दायर गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको हो ।
सडक दुर्घटनाको कहर : औसतमा दैनिक ७० वटा दुर्घटना, ७ जनाको मृत्यु
सडक दुर्घटनाको कहर : औसतमा दैनिक ७० वटा दुर्घटना, ७ जनाको मृत्यु नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस गत शुक्रबार आधारातमा दाङको भालुबाङ नजिकै राप्ती पुलबाट नदीमा खस्यो । बसमा सवार ३६ जनामध्ये तीन भारतीय नागरिकसहित १२ जनाले ज्यान गुमाए भने २४ घाइते भए । त्यसको २४ घण्टा नबित्दै काठमाडौंको चन्द्रागिरिमा कार दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए । उता बागलुङमा जीपको ब्रेक...
पशुपतिको जलहरी प्रकरणमा मुछिएका सदस्यसचिव थापा ३ लाख धरौटीमा रिहा
पशुपतिको जलहरी प्रकरणमा मुछिएका सदस्यसचिव थापा ३ लाख धरौटीमा रिहा पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव डा. मिलनकुमार थापा ३ लाख धरौटी बुझाएर रिहा भएको खुलेको छ । विशेष अदालतले निलम्बित सदस्यसचिव थापासँग ३ लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएको हो ।पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले थापासहित पूर्व सदस्यसचिव डा. प्रदीप ढकाल र विशेष...
काठमाडौं उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा
काठमाडौं उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा मंगलबार २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा बोल्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकामा ५३ वटा भवन र चार सडक पुल भूकम्पीय जोखिममा रहेको जानकारी दिए । तर, सरकारले अहिलेसम्म ती संरचनाको पुननिर्माणको प्रक्रिया भने अघि बढाएको छैन ।
रवि कुमारको धन्दा : फिल्मको लागि अडिसन लिने भन्दै होटलमा बोलाउने र बलात्कार गर्ने, खर्चसमेत पीडितलाई तिर्न बाध्य पार्ने
रवि कुमारको धन्दा : फिल्मको लागि अडिसन लिने भन्दै होटलमा बोलाउने र बलात्कार गर्ने, खर्चसमेत पीडितलाई तिर्न बाध्य पार्ने ‘अफेयर’को नाटक मञ्चन गरेका रवि कुमारले फिल्मको लागी अडिसन लिन काठमाडौं आएको पीडितलाई बताउँछन् । साउथ इन्डियन मुभीमा पनि अभिनय गरेका २५ वर्षीय रवि कुमारले पीडितलाई एम्बासडर होटलमा बोलाउँछन् । मंसिर २८ मा बलात्कार गरेर उनी २९ मा विराटनगर फर्किन्छन् । विराटनगर फर्किँदा उनले पीडितलाई नै टिकट काट्न लगाउँछन् ।...
पाटन विमानस्थल : वायुसेवा कम्पनीहरूले उडान भर्न मान्दैनन्, राज्यको लगानी गयो खेर
पाटन विमानस्थल : वायुसेवा कम्पनीहरूले उडान भर्न मान्दैनन्, राज्यको लगानी गयो खेर बैतडीको पाटन विमानस्थलमा जहाज आउन छाडेको दुई वर्ष भयो । विमानस्थल पूर्वाधार सम्पन्न नभएको होइन । यात्रु अभावका कारण वायुसेवा कम्पनीहरूले यहाँ उडान गर्न नमानेका हुन् । समिट एअरले प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको थियो । उक्त कम्पनीको जहाजले २०७८ चैत १० गते यहाँ अन्तिम उडान भरेको थियो ।...
संयुक्त राष्ट्रसंघीय महानिर्देशकले भने- ‘तपाईं त धनी हुनुहुँदो रहेछ’  
संयुक्त राष्ट्रसंघीय महानिर्देशकले भने- ‘तपाईं त धनी हुनुहुँदो रहेछ’   सधैँ खेतीबालीको स्याहारमा भुल्ने काभ्रेको कुन्त बेसीका किसानलाई शनिबार भने कुनै पर्व मनाए जस्तै भयो । शनिबार मूल सडक र आसपास ध्वजापताकाले सजिएको देखिन्थ्यो । गाउँभरीका किसान कुन्ताबेसीमा ओर्लिएका थिए । गाउँमा दुईवटा खसी ढालियो र पञ्चेबाजा घन्काइयो । महिलाहरू छमछमी नाचे । 
जेलरसँग बम्जनले भने– अब यतै ‘एडजस्ट’ हुन्छु
जेलरसँग बम्जनले भने– अब यतै ‘एडजस्ट’ हुन्छु बाल यौन शोषणको अभियोग लागेका रामबहादुर बम्जनले अहिले महोत्तरीस्थित जलेश्वर कारागारमा छन् । सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बम्जन बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका हुन् । बम्जनले कारागारभित्रै योग ध्यान गर्छन् । 
बुद्ध एअरको स्वामित्व दाबी गर्ने शिवेन्द्र : आधा दर्जन मुद्दाका आरोपित, ठगी र जालसाजीका नाइके ! 
बुद्ध एअरको स्वामित्व दाबी गर्ने शिवेन्द्र : आधा दर्जन मुद्दाका आरोपित, ठगी र जालसाजीका नाइके !  नेपालमा सञ्चालित निजी क्षेत्रमा उदाहरणीय कम्पनी मानिन्छ बुद्ध एअर । बुद्ध एअरले साढे २ दशकदेखि नेपाली आकाशमा उडान भरिरहेको छ । तर पछिल्लो समय भने बुद्ध एअरको स्वामित्वमा विवाद देखापरेको छ । स्वामित्व विवाद सहोदर दाजुभाइबीच हो ।
मन्त्रीका पीए र सल्लाहकारलाई 'कर्मचारी कोटा'मा विदेश भ्रमण जान रोक
मन्त्रीका पीए र सल्लाहकारलाई 'कर्मचारी कोटा'मा विदेश भ्रमण जान रोक सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माका अनुसार २०७२ मा जारी भएको नेपाल सरकारका अतिविशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमणसम्बन्धी निर्देशिकाअनुरूप मात्रै मन्त्रीका स्वकीय सचिव र सल्लाहकारलाई विदेश भ्रमणमा लैजाने व्यवस्था गर्न भन्दै प्रधानमन्त्री कार्यालय, संघीय मन्त्रालयहरू र सातवटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयलाई निर्देशन दिइएको हो ।
इन्कारी बयान दिएका बम्जनलाई किन पठाइयो थुनामा?, माघ ७ मा साक्षी बकपत्र
इन्कारी बयान दिएका बम्जनलाई किन पठाइयो थुनामा?, माघ ७ मा साक्षी बकपत्र पीडितका अनुसार घटना २०७३ साल साउन २० गते रातिको हो । उनी २०७१ सालदेखि बम्जनको आश्रममा आनी बनेर बसेकी थिइन् । तर त्यसको दुई वर्षपछि २०७३ साउन २० गते राति ९:१० बजेको समयमा बम्जनले उनलाई ललाइ फकाई प्रलोभनमा पारेर बोलाएर आफू सुत्ने कोठामा लगे । कोठाको ढोकाको चुकुल लगाएर प्लास्टिकको...
Weather Update